कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की निर्विरोध

रुपन्देही । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् । यसअघि रस्साकस्सीमा गएका संगठनहरु अनेरास्ववियुको नेतृत्वमा नयाँ नेतृत्व छान्न तयार भएका हुन् ।

जसअनुसार सचिवमा नेविसंघका निराजन खरेल, कोषाध्यक्षमा अनेरास्ववियुका योगेन्द्र रायमाझी र खुला सदस्यमा अनेरास्वयिुका श्रृजन नेपाल, प्रकृति गौतम, प्रकाश पौडेल, नेविसंघका भुवनेश्वर अधिकारी, पुनम कुँवर र अनेरास्ववियु क्रान्तिकारीका निशा बन्जाडे र प्रसुन ज्ञवाली निर्विरोध निवाचित भएका हुन् ।

निर्वाचन अधिकृत सहप्राध्यापक गोपालप्रसाद पाण्डेले दिएको जानकारीअनुसार निर्वाचन तालिकामा जेठ ११ गते दिउँसो ११ बजेसम्म प्राप्त उम्मेदवारी फारामअनुसार उनीहरुको मात्रै उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिले निर्विरोध भएका नामावलीबारे १२ गते दिउँसो साढे १२ बजेसम्म कसैको दाबी विरोध भए पेश गर्न आग्रह गरेको थियो । १९ सदस्यीय स्ववियु बोर्डमा विद्यार्थी संगठनले गरेको सहमतिअनुसार अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्षसहित ९, नेविसंघले उपाध्यक्ष, सचिवसहित ६, अखिल क्रान्तिकारीले सहसचिवसहित २ सदस्य, विप्लव निकट क्रान्तिकारीलाई २ सदस्य दिने गरी सहमति भएको अनेरास्ववियुका सरोज पोखरेलले बताए ।

प्रत्यक्षतर्फको आज टुंगो लागेपछि सोहीअनुसार समानुपातिकको टुंगो लाग्ने बताइएको छ । चैत ५ गते निर्वाचनका लागि नामावली प्रकाशन भएको अवस्थामा अनेरास्ववियुबाहेकका विद्यार्थी संगठनले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि रोकिएको निर्वाचन कार्यक्रम उच्च अदालत तुल्सीपुर बुटवल इजलासको बैशाख १० मा ३० दिनभित्र निर्वाचन प्रक्रियामा लैजान दिएको अन्तरिम आदेशपछि पुनः प्रक्रियामा गएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित