राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवतीको मृत्यु

बाँके । राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका २ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो।

उनीहरू मंगलबार डुडुवा गाउँपालिका ४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका थिए। साँझपख नदीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार उनीहरुसहित छ जना वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार