दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवलमा आज देखि मेगा ईम्पेरियल कन्सल्टेन्सी सर्भिसेस सञ्चालनमा

बुटवलमा मेगा ईम्पेरियल कन्सल्टेन्सी सर्भिसेस  संचालनमा आएको छ ।  बुटवल ११ कालिकानगरमा होराइजनचोकमा एक समारोहका बिच मेगाको उद्घाटन गरिएको हो।  संचालक त्रिभुवन भण्डारीका पिता बिष्णुप्रसाद भण्डारी र माता तुलसादेवी भण्डारीले रिबन काटेर मेगाको शुभारम्भ गरे ।
१४ बर्षदेखि कमर्सियल बैंक (एनएमबि बैँक र एनआईसी बैँक) मा काम गरेको अनुभव भएका भण्डारीले अबदेखि बुटवलमै सटिफिकेशन कोर्ष ,जब कोर्ष,जब प्लेसमेन्ट,१ महिने कोर्ष  (६० घण्टा )अष्ट्रेलिया,युके,क्यानडा,युएसए जान चाहने बिद्यार्थीका लागि करियर काउन्सिलिङ तथा ब्यबसायीक ट्रेनिङ समेत दिने बताए ।
नयाँ खालको कन्सेप्टसहित सेवामुलक बिजनेश थालेको बैँकर तथा प्राध्यापकसमेत रहेका भण्डारीको भनाइ छ । पहिलाे चरणमा २० लाख लगानी गरेकाे उहाँकाे भनाइ छ । उद्घाटन नहुंदै पाँच जना बिद्यार्थी आबद्ध भएका छन् ।
पत्रकार भुवन भुसालको संचालनमा भएको उद्घाटन कार्यक्रममा अवसरमा माछापुच्छ्रे बैंकका शाखा प्रमुख यम लामा,ब्यवसायी पारसमणि भण्डारी, बिष्णुप्रसाद भण्डारी, रिता शर्मा भण्डारी लगायतले बाेल्दै बुटवलका लागि नयाँ कन्सेप्टमा कन्सल्टेन्सी संचालनमा आएको भन्दै सफलताकाे शुभकामना दिएका छन् । कन्सल्टेन्सीमा अहिले ५ जना कर्मचारीले प्रत्यक्ष राेजगारी समेत पाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित