‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनीको मुख्य न्यायाधिवक्तामा डा. बुद्ध थापा नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यन्यायाधिवक्तामा डा. बुद्धबहादुर थापा क्षेत्रीलाई नियुक्त गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ९ निवासी डा. थापा वरिष्ठ अधिवक्ता हुन् । नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्ष बनिसकेका थापाले लामो समय बुटवल बहुमुखी क्याम्पसमा राजनीति शास्त्र अध्यापन गरेका थिए ।

कानूनमा स्नातक, राजनीतिशास्त्रमा पिएचडी गरेका थापाले रेसुंगा बहुमुखी क्याम्पस गुल्मीबाट अध्यापन सेवा सुरु गरेका हुन् ।

गुल्मीको मुसिकोट नगरपालिकाको पौदीअमराईबाट बुटवल ९ मा बसाई सरेका थापा अहिले कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।

पार्टी संस्थापन समूहमा रहेका थापालाई संस्थापन समूहबाटै मुख्यमन्त्री बनेका मुख्यमन्त्री चौधरीले अवसर दिएका हुन् ।

थापालाई आजै शपथ ग्रहण गराउने कार्यक्रम छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित