रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

पाल्पाको तिनाउमा मृत भेटिएका व्यक्तिको अझै सनाखत भएन, यस्तो छ हुलीया

बुटवल । पाल्पाको तनिाउ–३ झुम्सा स्थित फुल्फुले सामुदायिक वनमा मृत भेटिएका व्यक्तिको सनाखतका लागि प्रहरीले सार्वजनिक सूचना जारी गरेको छ । गत वैशाख २५ गते जँगलमा प्लाष्टिकको रशीमा झुण्डीएको अवस्थामा भेटिएका पुरुष व्यक्तिको शव बारे सनाखत हुन नसकेपछि सूचना जारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भरलाको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई नामथर वतन नखुलेको उचाई ५ फिट ६ ईन्च, कालो टिसर्ट, निलो जिन्स पाईन्ट, रातो जुत्ता, बायाँ हातमा खैरो रंगको घडी लगाएको वर्ष २०र२२ को पुरुष व्यक्ति भेटिएका हुन् । शव सडिगली मृत अवस्थाम फेला परेको भएको हुँदा मृतकको हालसम्म सनाखत नभएको र आफन्त तथा घर परिवार समेत फेला नपरेकोले हुलियासहितको तस्विर समेत सार्वजनिक गरिएको छ ।

शवलाई पाल्पा अस्पताल तानसेन पाल्पाको शव गृहमा सुरक्षित साथ राखिएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित