कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

अल्पसंख्यक समुदायको पक्षमा छौ : पूर्वमन्त्री श्रेष्ठ

बुटवल। लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एव प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले राजनीति परिवर्तनका कारणले समस्यामा परेका समुदायले न्याय पाउन नसकेको बताएका छन।

लैङ्िगक तथा यौनिक अल्पसंख्यकहरुका सबालमा सरोकारवालाहरु बिचमा प्रदेश स्तरीय कार्यशाला गोष्टिमा बोल्दै श्रेष्ठले कानुन निर्माण र आरक्षणका कुरामा अझै बल नपुगेको देखिएको बताउदै कार्यान्वयनमा दबाब सिर्जना गर्नुपर्ने बताए। उनले कुनैपनी कानुन बन्दा लाग्ने प्रक्रियाको बारेमा जानकारी गराउदै आवश्यक कानुनको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए।

उनले प्रदेशको सामाजिक बिकास मन्त्रालयमार्फत प्रस्ताव लिएर समुदायले दिएमा आफुले नै यसको नेतृत्व गरेर पहल गर्ने बताए। कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जमुना ढकालले यो समुदाय पछिल्लो समय निकै अगाडि पुगेको बताउदै आवश्यक सहकार्य गर्न तयार रहेको बताईन।

उनले यो समुदायका हक अधिकारका लागि आवश्यक कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाईन। प्रदेशसभा सदस्य हेमा बेल्बासे केसीले प्रदेश सरकारले यो समुदायका ब्यक्तिहरुको अधिकारको बारेमा बोल्नुपर्ने बताउदै आफुले सहयोग गर्न सक्ने क्षेत्रमा पूर्ण सहयोग गर्ने बताईन।

गोष्टिमा बोल्दै अल्पसंख्यक अधिकार मञ्चका केन्द्रिय रबिन्द्रनाथ ठाकुरले लुम्बिनी प्रदेश सरकार लैङ्िगक तथा अन्य अल्पसंख्यक समुदायका ब्यक्तिहरुको बारेमा पनि संबेदनसिल हुनुपर्ने बताए। गैर सरकारी सस्था(गैसस)महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशिला बेल्बासेले आफुले यो समुदायको पक्षमा पहल गर्दै आएको बताउदै आवश्यक सहकार्य गर्दै जाने बताईन। कार्यक्रममा साहासी कदम नेपालकी अध्यक्ष आनिक राना, रेशम न्यौपाने, रोज मगर, अवन्तिका घर्ती,प्रनिशा थापा लगायतले बोलेका थिए। कार्यक्रममा ईन्द्रबहादुर टमाटा, भूमिका श्रेष्ठ, ईन्दिरा आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए।

अन्तरास्ट्रिय होमोफोबिया, बायोफोबिया,ट्रान्सफोबिया, ईन्टरफोबिया घृणा विरुद्धको दिवसको अवसरमा साहासी कदम नेपालले बुधबार बुटवलमा आयोजना गरेको कार्यशालामा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी लगायतको सहभागीता रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित