
बुटवल । लिला गिरी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री बनेका चन्द्रकेश गुप्ताले मन्त्री पदबाट राजिनामा दिए पनि १ महिना बढि हुँदा समेत गाडी फिर्ता नगरेको पाइएको छ । माघ २८ गते उनी सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए भने चैत १२ गते राजिनामा दिएका थिए । जनमत पार्टीको तर्फबाट रूपन्देही क्षेत्र नं ५ (२) बाट निर्वाचित सांसद गुप्ताले गत चैत १२ गते मन्त्री पद त्याग्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
तर मन्त्री पदबाट राजीनामा दिएको डेढ महिना बढी समय भइसक्दा पनि उनले सरकारी गाडी प्रयोग गरिरहेको मन्त्रालय स्रोतले बताएको छ।
गुप्ताले मन्त्रीबाट राजीनामा दिए पनि मन्त्री हुँदा मन्त्रालयले मन्त्रीको रूपमा प्रयोग गर्न दिएको लु १ झ ७४१ नम्बरको स्कारपियो जिप आफैंले प्रयोग गरिरहेका छन्।
लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेको जनमत पार्टीबाट गुप्ता मन्त्रीका प्रमुख दाबेदार हुन्।