‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुधारका लागि सुझाव संकलन

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई विशेषज्ञ अस्पतालको रुपमा बिकास गरी सेवा विस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव प्रस्तुत गरेका छन् । सर्वशुलभ र गुणस्तरीय सेवा प्रवाह तथा बिकासको सन्दर्भमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागीहरुले विभिन्न क्षेत्रका सुधारका लागि सुझाब प्रस्तुत गरेका छन् ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि, अस्पताका पूर्व अध्यक्ष, मेडिकल सुपेरिटेन्डेनहरु तथा संघ संस्थाका प्रतिनिधिहरु बीच शेवा सुदृढिकरणका लागि छलफल गरिएको थियो । छलफल कार्यक्रममा अस्पतालमा विमा सेवालाई प्रभावकारी बनाउन कर्मचारी थप गरी स्रोत साधन व्यवस्थापन गर्नुपर्ने, अस्पतालका नियमित आम्दानी वृद्धिका लागि कार्योजना बनाई अघि बढ्नु पर्ने, अस्पताललाई राजनीतिक दबाब र प्रभावबाट ताढा राख्नु पर्ने, सूचना कक्षलाई प्रभावकारी व्यवस्थापन गर्नु पर्ने लगायतका सुझाबहरु प्रस्तुत गरिएको थियो । यसैगरी ओपिडी सेवालाई जनरत र विशेषज्ञ ओपिडी गरी सञ्चालन गर्नुपर्ने, जनशक्ति व्यवस्थापन, अपरेशन संख्यामा वृद्धि तथा अस्पतालमा क्यान्सर सम्बन्धि उपचार सेवा सुरु गर्नु पर्ने सुझाब संकलन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्हन थापाले बताए ।

छलफल कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सबै पक्षको सुझाब संकलनपछि सेवा सुदृढिकरण, विशेषज्ञ सेवा लगायतका योजनालाई अघि बढाउने उल्लेख गरे । छलफल कार्यक्रममा नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जि.सी, राजष्ट्रिय जनमोर्चा पार्टीका रुपन्देही सचिव टान बहादुर के.सी, एकीकृत समाजवादी बुटवल नगर अध्यक्ष चिनबहादर गुरुङ, अस्पताल बिकास समितिका सदस्य लक्ष्मी खनाल, पूर्व अध्यक्षहरु बाबुराम भट्टराई, पुनाराम पोखरेल तथा सुर्य बहादुर भट्टराई लगायतले सुझाब प्रस्तुत गरेका थिए ।

अस्पतालका पूर्व मेसुहरु डा. कृष्ण प्रसाद खनाल, डा. मनोहर जोशी, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष यजाज आलम, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तेजकुमार पाठक, रेड क्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री, स्वयम्सेवी रक्तदाता समूहका अध्यक्ष कृष्ण चौहान, तिलोत्तमा अस्पतालका अध्यक्ष रामप्रसाद खरेल लगायते बोल्दै अस्पतालको स्वास्थ्य सेवालाई थप सहज र व्यवस्थित गराउन सुझाव दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित