मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

अब मालिका गाउँपालिकाबाटै श्रम स्विकृति !

बुटवल । बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई गुल्मीको मालिका गाउँपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ । गाउँपालिकाले पहिलो पटक मालिका गाउँपालिका वडा नं. ३ ह्वाङदीका लिल बहादुर बुढालाई रोजगार शाखा मार्फत पुनः श्रम स्वीकृति दिएर सेवाको सुरु गरेको हो ।

गाउँपालिकाका रोजगार शाखाका प्रमुख खेमराज गैरेले शुक्रबार देखि गाउँपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको बताए । उनका अनुसार श्रम स्वीकृति लिन चाहने व्यक्तिहरुले आवश्यक कागजात पूरा गरि पेस गरेको २४ घण्टा भित्र श्रम स्वीकृति उपलब्ध हुनेछ ।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाउँदा खुसी भएका छन् ।
साथै अब श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन बुटवल ,काठमाडौ जानु पर्ने  बाध्यता हटेको छ ।


नागरिकको पैसा,समयको बचत हुनुका साथै राज्यको माथिल्लो तहले प्रदान गर्दै आएको सेवा सुविधा स्थानीय तहमा आउनु सकारात्मक पक्ष रहेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल, सम्पर्क नम्बर , रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपिसहित गाउँपालिकाको रोजगार शाखामा
निःशुल्क अनलाइन आवेदन दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले उल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित