‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पुस्तक परिचर्चामा गायिका देविका बन्दनाको आत्मकथा ‘जित्नेको हाँसो’

बुटवल । गायिका देवीका बन्दनाको आफ्नो जीवन भोगाईको पुस्तक ‘जीत्नेको हाँसो’ को बुटवलमा परिचर्चा गरिएको छ । शनिवार बुटवलमा आयोजीत कार्यक्रममा बोल्दै पुर्वक्यान्सर संक्रमित समेत रहेकी बन्दनाले आफुले क्यान्सरलाई सहज रुपमा जित्नको लागि आत्मबल नै सबैभन्दा ठुलो औषधी भएको भन्दै अन्यक्यान्सर प्रभावितहरुलेपनि सोही अनुसार आफ्नो आत्मबललाई कहिले पनि कमजोर नठानेर आगी बढ्नका लागि आग्रह गरेकी थिईन ।

सोही कार्यक्रममा तेस्रोलिंङ्गी अभियान्ता तथा क्यान्सर जितेकी आनिक रानाले पनि आफुले पनि घाँटीको क्यान्सरलाई सहज रुपमा जित्नको लागि आत्मबल नै सबैभन्दा ठुलो शक्ति भएको बताएकी थिईन । कार्यक्रममा पुस्तक माथि परिचर्चा गर्दै विश्लेषक ऋषि आजादले आख्यानकारको रुपमा आत्मवृतान्त पुस्तकमा कोरिएको पहिलो प्रयास नै सफल भएको बताएका थिए । उनले क्यान्स जस्तो कुरालाई सहज रुपमा जित्नको लागि गायिका बन्दनाले गरेको गरेको सकारात्मक चिन्तनको विषयमा गरेको प्रयास सकारात्मक भएको बताएका थिए ।

कार्यक्रममा जित्नेको हाँसो को लेखक चिरन बराल, अग्रेजी सस्करण लेखक माधव पौडेल, बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष ,जीवन वझा , नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले शुभकामना दिएका थिए । बुकहिल प्रकाशन बाट बजारमा प्रकाशित भएको पुस्तक विक्रिबाट आएको रकम क्यान्सर प्रभावितहरुको सेवामा खर्च गर्ने गरी योजना बनाइएको गायिक देवीका बन्दानले बताएकी छिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित