मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

शान्ति नमुनामा अभिभावक भेला

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला गरिएको छ ।
कक्षा १० मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान, परीक्षा तयारी तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालय प्रशासन, शिक्षक, अभिभावकहरु बीचको कुशल संयोजनबाट मात्र विद्यार्थीहरुको शैक्षिक प्रगती हुने भन्दै विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।
सहायक प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्य, मा.वि. तह संयोजक धर्मगत शर्माले विद्यार्थीका अभिभावकलाई परामर्श दिएका थिए । कक्षा १० का संयोजक रजनी के.सीले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेकी थिईन भने कार्यक्रमको सहजिकरण शिक्षक दिनेश खड्काले गरेका थिए ।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत ५ सय ७३ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो । अभिभावकहरुले विद्यालयका लागि विभिन्न रचनात्मक सुझावहरु राखेका थिए ।
अन्य कक्षाहरुमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई समेत क्रमशः अभिभावक अभुमुखिकरण कार्यक्रम गर्दै जाने योजना रहेको विद्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित