‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

आगोलागीमा परी मृत्यु भएका ४ जनाको सामुहिक अन्त्यष्टि

अर्घाखाँची । अर्घाखाँचीमा आगोलागीमा परि मृत्यु हुने ४ जनाको एकै घाटमा सामुहिक अन्त्यष्टि गरिएको छ।
भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी मृतक ३५ बर्षिय पदम बेल्बासे ,७२ बर्षिय पिताम्बर भुसाल,५२ बर्षिय घनश्याम बेल्बासे,३६ बर्षिय माधब बेल्बासेको बिहिबार दिउँसो खाकावेसी खोलाको बागमारे घाटमा सामुहिक रुपमा अन्तिम दांहसंस्कार गरिएको हो।
पदम बेल्बासे ,पिताम्बर भुसालको पाल्पाबाट रिफर गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो भने घनश्याम बेल्बासे र माधब बेल्बासेको कृर्तिपुर अस्पताल काठमाडौमा उपचारको क्रममा मृत्यु भएको थियो।
घाईते २५ बर्षिय संगिता बेल्बासेको पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको छ । उपचार गर्न काठमाडौं लैजाने क्रममा मृत्यु भएका २ जना र काठमाडौंको कृर्तिपुर अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका २ जना गरि ४ जना मृतकलाई बिहिवार बिहान आफ्नो घरमा ल्याईपुराएपछि उनिहरूको सामुदायिक अन्त्यिष्ट गरिएको हो । मृतकका घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनही ५० हजारका दरले राहत उपलब्ध गराएको छ । यस्तै भुमिकास्थान नगरपालिकाले पनि मृतकका घरपरिवारलाई जनही ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । आगोलागीमा परि मृत्यु भएका ४ जनाको अन्तिम सामुदायिक दांहसंस्कारका लागि बिहिबार दिउँसो खाकावेसी खोलाको बागमारे घाटमा १ हजार भन्दा बढि नागरिकको सहभागीता रहेको थियो । यति बेला भुमिकास्थान २ ढाकावाङ गाउँ मात्र होईन यस्तो अपत्यारिलो घटना जिल्लाको पहिलो घटना भएकाले सिङ्गो जिल्लानै शोकाकुल भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित