मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

वायुसेवा निगमले हप्तामा २ दिन रेसुङ्गा विमानस्थलका लागि उडान गर्ने

गुल्मी । नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले निगमलाई उडान अनुमति दिएसँगै रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान हुने भएको हो ।

रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमबीच नियमित उडान गर्नेबारे गत फागुनमा सम्झौता गरेको थियो । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार रुपैयाँ लाग्नेछ । निगमको उडानमा सिट नभरिएको अवस्थामा स्थानीयतहले यात्रु बराबरको रकम भुक्तानी गर्ने गरि उडान संचालन गर्न गुल्मी तथा त्यस आसपासका स्थानीयतहले सहमति गरेका छन् ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका निगमले सार्वजनिक गरेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए । पन्थीका अनुसार रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका हुने छ ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको उडान अवधि ५० मिनेटको रहनेछ । रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा रहेको विमानस्थल पुग्न जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो पार गर्नु पर्दछ । विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परीक्षण उडान गरेको थियो भने गत पुस महिनाको २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले परिक्षण उडान गरेको थियो । विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान समेत गरेको थियो ।

०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदीप ज्ञवालीले गरेको भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।

रेसुङ्गा विमानस्थल धावनमार्गको ५ सय २० मिटर लम्बाइ र चौडाइ २० मिटर छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

विमानस्थलबाट गुल्मी जिल्लासंगै जोडिएका जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुग, पाल्पा र स्याङजाका नागरिकले सेवा लिन सक्नेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित