‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

आजदेखि लुम्बिनी हर्न निषेधित क्षेत्र

आजदेखि देखि लुम्बिनी बिकास कोष क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको छ।

लुम्बिनीमा आज हुने २५६७ औं बुद्ध जयन्ति तथा लुम्बिनी दिवशको अवसरमा हर्न निशेधित क्षेत्रको घोषणा गरिने विकास कोषले जनाएको छ । लुम्बिनीमा शान्तिपूर्ण बातावरण कायम गराउन लुम्बिनी विकास कोष क्षेत्रमा हर्न बजाउन नपाइने नियम लागु गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए ।

‘यही बुद्ध पूर्णिमाको अवसरमा अवदेखि लुम्बिनी परिसरभित्र चल्ने गाडी, बाइक, रिक्सा, ट्याक्सी लगायत् कुनै पनि सवारी साधनले हर्न बजाउन नपाउने नियम बसालेका छौं’, भट्टराईले भने, ‘यो नियम अब सधैंका लागि लागु हुनेछ ।’

यसबाट लुम्बिनीको बातावरण शान्तिपूर्ण कायम गराउन ठूलो मद्दत मिल्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित