मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

‘लेट्स टक् अबाउट बुद्धिजम’

भैरहवा । रुपन्देहीको तिलोत्ताममा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ ।
नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा. निमा शेर्पा, बिश्व बिद्यालयमा अध्ययनरत रोशनी गुरुङ, चुङगुडा गुरुङले बिद्यार्थीले सोधेका प्रश्नका बिषयमा जानकारी दिएका थिए ।
बिद्यालयले बुद्धिजमका बिषयमा बुद्धले प्राप्त गरेको ज्ञान, ध्यान, बुद्ध र बुद्धका अनुयायीले लगाउने बस्तका बिषयमा जानकारी लिएका थिए ।
समुहगत छलफल कार्यक्रमको सञ्चालन कक्षा १० मा अध्ययनरत बिद्यार्थी बिष्णु यादव र मोहम्मद अबुजरले गरेका थिए ।
एक घण्टा सम्म चलेको कार्यक्रममा ध्यान सिकाउनका साथै ध्यानका फाईदाका बिषयमा बिद्यार्थीहरुलाई जानकारी दिईएको थियो । बिद्यार्थीहरुलाई लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा.निमा शेर्पाले जानकारी दिएका थिए ।
विद्यालयका सञ्चालक श्यामलाल खरेल प्रमुख अतिथी रहेको कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक जिग्मी शेर्पाले गरेका थिए भने कार्यक्रम सञ्चालन सहप्रधानाध्यपक लिलामण्डी पाण्डेले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित