रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

चिदिका–रुपन्देही सम्पर्क समाजको आठौं वार्षिकं साधारण सभा बुटवलमा सम्पन्न

जिल्ला अर्घाखाँची साविक चिदिका–रुपन्देही सम्पर्क समाजको आठौं वार्षिकं साधारण सभा बुटवलमा सम्पन्न भएको छ ।

साधारण सभाको एक कार्यक्रमका बीच संविधान सभा सदस्य नेत्र पन्थीले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि पन्थीले समस्यामा परेका आफ्ना सदस्यहरुको सहयोगमा सम्पर्क समाजको भूमिका महत्वपूर्ण रहेको भन्दै सामाजिक संघ संस्थाहरुलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए। हरेक सामाजिक गतिविधिमा संस्थाको महत्वपूर्ण भूमिका रहने भएकाले आपसी सम्बन्ध र एकतालाई अझ मजवुद बनाएर रचनात्मक कार्यलाई अगाडि बढाउनुपर्ने उनको आग्रह थियो ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष केशवराज पन्थीले आगामी दिनमा समाजले बिगतका कामहरुलाई निरन्तरता दिनुको साथै देउँसी भैलो कार्यक्रम, भित्तेपात्रो प्रकाशन जस्ता नयाँ कामको सुरुवात गर्ने र आजीवन सदस्य बिस्तारलाई निरन्तरता दिने बताए ।

त्यस्तै कोषाध्यक्ष कमल अर्यालले वार्षिक आय व्यय विवरण प्रस्तुत गरेका थिए। चिदिका–रुपन्देही सम्पर्क समाजका अध्यक्ष केशवराज पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, निवर्तमान अध्यक्ष इश्वरी ज्ञवाली, सल्लाहकारद्वय हाजी संशुद्धिन मियाँ, दिपक ज्ञवाली, उपाध्यक्ष गीता ज्ञवाली, कार्यवाहक सचिव हेमनाथ ज्ञवाली, भगवती–रुपन्देही सम्पर्क समाजका अध्यक्ष तारा पाण्डे, ठूलापोखरा–रुपन्देही सम्पर्क समाजका अध्यक्ष नेत्र पाण्डे, देवीपुर–रुपन्देही सम्पर्क समाजका अध्यक्ष गुनाखर खनाल, बल्कोट–रुपन्देही सम्पर्क समाजका सचिव ध्रुव सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित