निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

चिदिका–रुपन्देही सम्पर्क समाजको आठौं वार्षिकं साधारण सभा बुटवलमा सम्पन्न

जिल्ला अर्घाखाँची साविक चिदिका–रुपन्देही सम्पर्क समाजको आठौं वार्षिकं साधारण सभा बुटवलमा सम्पन्न भएको छ ।

साधारण सभाको एक कार्यक्रमका बीच संविधान सभा सदस्य नेत्र पन्थीले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि पन्थीले समस्यामा परेका आफ्ना सदस्यहरुको सहयोगमा सम्पर्क समाजको भूमिका महत्वपूर्ण रहेको भन्दै सामाजिक संघ संस्थाहरुलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए। हरेक सामाजिक गतिविधिमा संस्थाको महत्वपूर्ण भूमिका रहने भएकाले आपसी सम्बन्ध र एकतालाई अझ मजवुद बनाएर रचनात्मक कार्यलाई अगाडि बढाउनुपर्ने उनको आग्रह थियो ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष केशवराज पन्थीले आगामी दिनमा समाजले बिगतका कामहरुलाई निरन्तरता दिनुको साथै देउँसी भैलो कार्यक्रम, भित्तेपात्रो प्रकाशन जस्ता नयाँ कामको सुरुवात गर्ने र आजीवन सदस्य बिस्तारलाई निरन्तरता दिने बताए ।

त्यस्तै कोषाध्यक्ष कमल अर्यालले वार्षिक आय व्यय विवरण प्रस्तुत गरेका थिए। चिदिका–रुपन्देही सम्पर्क समाजका अध्यक्ष केशवराज पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, निवर्तमान अध्यक्ष इश्वरी ज्ञवाली, सल्लाहकारद्वय हाजी संशुद्धिन मियाँ, दिपक ज्ञवाली, उपाध्यक्ष गीता ज्ञवाली, कार्यवाहक सचिव हेमनाथ ज्ञवाली, भगवती–रुपन्देही सम्पर्क समाजका अध्यक्ष तारा पाण्डे, ठूलापोखरा–रुपन्देही सम्पर्क समाजका अध्यक्ष नेत्र पाण्डे, देवीपुर–रुपन्देही सम्पर्क समाजका अध्यक्ष गुनाखर खनाल, बल्कोट–रुपन्देही सम्पर्क समाजका सचिव ध्रुव सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित