दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

एकदिने निशुल्क स्वास्थ्य शिविर सप्पन्न

लायन्स क्लब अफ बुटवल मेट्रोसिटि तथा अर्घाखाँची जुकेना रुपन्देही सम्पर्क समाजको संयुक्त आयोजनामा अर्घाखाँची शितगंगा वडा न ६ देउरालिमा निशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता लायन राम बेलबासे र नुमेन्द्र पौडेलले सयुक्त्त रुपमा गरेका थिए ।उक्त शिविर सम्पन्न गर्नका लागि वरिष्ठ फिजिसियन डा. मनोहर जोशी , वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नवीन तिरुवालगायतको टिम साथै लायन्स आँखा अस्पताल बुटबलका बरिष्ठ नेत्र सहायक डा मनोहर न्यौपानेको नेतृत्वको टिमले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

उक्त अवसरमा शितगङ्गा नगरपालिका नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरु स्थानिय स्वास्थ्य संस्थाका प्रमुख तथा सदस्यहरु , लायन्स तथा सम्पर्क समाजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सयोजन सन्जीव सुनारले गरेका थिए ।

सो अवसरमा करिब ६५० स्थानीयले स्वास्थ्य सेवा प्राप्त गरेको मनोज गौतमले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित