निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

चलचित्र आई एम ट्वान्टी वानको टिम बुटवलमा

नेपाली फिल्मको ठूलो बजार मानिने बुटवल पुगेर अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएका छन् ।

आगामी बैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’को विषयमा जानकारी गराउनका लागि उनीहरुले त्यस क्षेत्रका दर्शकसँग भेट गरेका हुन् । उनीहरुले शुक्रबार बुटवलमा हस्पिटालिटी भेटघाट, तिलोत्तमा तथा क्षितिज कलेजका बिद्यार्थी भेटघाट, माइकिङ्ग र फ्लेक्स सहित अटो र्याली, चिया भेट तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

निर्देशक रेनशा राई राणाको निर्देशनमा बनेको फिल्म दर्शकको प्रतिक्षित फिल्म पनि हो। फिल्म चल्नु अगाडि नै दर्शकहरुसँग भेटघाट गर्न पाउँदा अत्यन्त खुसी लागेको नायिक जसिता गुरुंगले बताईन।

दर्शकले फिल्म ‘आई एम ट्वान्टी वान’लाई लिएर निकै सकारात्मक विचार व्यक्त गरेकोमा आफु अत्यन्त उत्साहित भएको नायिका गुरुङले बताएकी छिन। त्यस्तै बिहानैबाट बुटवलका विभिन्न कलेज तथा क्युएफेक्स, क्यु बक्स , काशी सिनेप्लेक्स भैरहवा लगायतका सिनेमा हलमा भिजिट गरेका धिरज मगरले दर्शकले आफु लगायत ‘आई एम ट्वान्टी वान’को प्रतिक्षामा रहेकॊ प्रतिक्रिया पाएपछि दंग छन् । सबै ठाउँमा भेटेका दर्शकले अत्यन्त मन पराइदिनू भएको छ, आशा छ हाम्रो फिल्म ‘आई एम ट्वान्टी वान’ लाई बैशाख २१ गते स परिवारले हेरेर साथ् दिनुहुनेछ – नायक धिरज मगरले भने।

चलचित्र पत्रकार संघ रुपन्देहीको साक्षात्कार कार्यक्रममा बोल्दै कलाकार धिरज मगरले रुपन्देहीमा निकै उत्साहित भएको र फिल्मले राम्रो माया पाउने आशा ब्यक्त गरेको बताएका छन्।

चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बिजय आवाज, संघका रुपन्देहीका संस्थापक सुमन श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन, सोसल मिडिया म्यानेजर बिबेक खकुरेल लागयात्को उपस्थिति रहेको थियो।

नेपालमा पहिलो पटक नृत्यको विषयमा फिल्म बनेकाले दर्शकको एउटा कित्ता उत्साहित छ । ट्रेलर र गीत सार्वजनिकपछि कतिले बलिउड फिल्म ‘एविसीडी’सँग समेत दाँजेका छन् । दर्शकहरुलाई हलसम्म तान्ने यो गतिलो हतियार बन्न सक्छ । निर्देशक राईले डान्सको माध्यमबाट नेपाली युवापुस्ताको अव्यक्त सपना र रहरलाई फिल्ममा निकै गहन ढंगले देखाउन खोजेको बताएकी छन् ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमलगायतको पनि अभिनय छ । फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

यस्तै, शनिबार फिल्म युनिट नेपालगञ्जस्थित क्यूएफएक्सको बागेश्वरी हलमा दर्शकसँग साक्षात्कार गर्नेछन् भने सोही क्रममा दाङ्गमा समेत पत्रकार भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित