निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवस मनाइयो

बुटवल । नेपाल निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवसको अवसरमा पारेर नवबर्ष बुटवलमा २०८० सालको भित्तेपात्रो विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । संगठनका जिल्ला अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले जनताले अनुभुत हुनेगरी सहज सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

उनले संघीयता कार्यान्वयनसँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए । लामो इतिहास भएको नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको पनि विश्वकर्माले बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले कर्मचारीहरुले नागरिक सेवालाई थप सहज र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । संगठनका केन्द्रीय सदस्यहरु दिपक शर्मा पौडेल, काशिराम आचार्य, नारायण प्रसाद भण्डारी लगायतले देश संघीयतामा गईसकेको करिब एक दशक पुग्नै लाग्दा समेत प्रशासनिक संघीयता कार्यान्वयन गर्ने संघीय निजामती सेवा ऐन जारी नहुँदा कर्मचारीहरुले बदलिदो परिस्थितिमा कहाँ पुग्ने र कसरी काम गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको भन्दै पेशागत अधिकारका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा बोल्दै पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य रमेश प्रसाद पाण्डेले अहिलेसम्मका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको रक्षा गर्न कर्मचारीलगायत सबै एकजुट हुनुपर्ने बताएका थिए । कर्मचारीका पेशागत सुरक्षाका विषयमा देखिएका अन्यौलता हटाउने गरी कानुन निर्माण गर्ने उल्लेख गर्दै उनले आवश्यक सुझावका लागि सबै कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

नेकपा एमालेका रुपन्देहीका जिल्ला कमिटी सदस्य मेघदेव पन्त, आधिकारीक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष हरिप्रसाद खनाल, नेपाल निजामती कर्मचारी संगठन लुम्विनी प्रदेशका महासचिव नेत्रप्रसाद आचार्य, स्जिल्ला उपाध्यक्ष ठानेश्वर बस्याल, सचिव जीवन पौडेल, स्वास्थ्यकर्मी महासंघ रुपन्देहीका अध्यक्ष रामेश्वर ढकाल राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शालिकराम पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आफ्नो स्थापना दिवसको अवसरमा नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति रुपन्देहीले प्रकाशन गरेको २०८० सालको भित्तपात्रो विमोचन गर्नुका साथै शुभकामना आदान प्रदान समेत गरिएको संगठनका अध्यक्ष प्रेम प्रसाद खनालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित