रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

न्यू होराइनमा कक्षा १२ का विद्यार्थीलाई बिदाई

बुटवल। न्यू होराइजन इङलिस् सेकेन्डरी बोर्डिङ स्कूल कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई तथा शुभकामना दिइएको छ । कक्षा ११ का विद्यार्थीले आगामी उज्जवल शैक्षिक भविश्यको कामना गर्दै शुक्रबार टाइगर प्यालेस रिर्सोटका कार्यक्रम गरी बिदाई गरेका हुन् । विदाई हुने विद्यार्थी कक्षा १२ का ३७२ जना रहेका छन् ।
सो अवसरमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले कक्षा १२ पूरा गरी जाने विद्यार्थीलाई आउँदो शैक्षिक यात्रामा होराइजनको विशिष्टता कायम गर्न सुझाव दिए । उनले होराइजनले बसालेको शैक्षिक आधारले अबको उच्च शिक्षा सहज बन्ने विश्वास व्यक्त गरे । उनले क्षमतावान विद्यार्थी अब विदेश होइन स्वदेशमै काम गरेर देशलाई माया गर्नुपर्ने बताए ।
विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले अबको विद्यार्थी विदेश जाने नभई जान खोज्नेलाई पनि रोक्ने दायित्व भएको बताए । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले अवसरको खोजीमा विदेश नभई देशमै दक्षता प्रस्तुत गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका सहप्राचार्य बालकृष्ण अधिकारी देशको शैक्षिक विकासमा होराइजनको ठूलो योगदान रहेको बताए ।
कार्यक्रममा विद्यार्थीहरु समिप पौडेल, इशा अर्याल, असिम पाण्डे र अनुराग घिमिरे बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी सुशासन्त श्रेष्ठ, इच्छा ज्ञवाली, प्राप्ती ढकाल र विशेषता रानाले गरेका थिए । सो अवसरमा गायिका प्रविसा अधिकारीले विशेष सांगीतिक प्रस्तुत रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित