दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

श्रवण दृष्टिविहिनता भएका अभिभावकहरुको राष्ट्रिय कार्यशाला

बुटवल, चैत ।
श्रवणदृष्टिविनिहता भएका व्याक्तिको शिक्षा सम्बन्धमा अभिभावकरुको राष्ट्रिय कार्याशाला रुपन्देहीमा सुरु भएको छ । ३ दिन सम्म चल्ने कार्यशालाको शनिवार तिलोत्तममा एक कार्यक्रमाकाविच शुरुवात गरिएको हो ।

राष्ट्रिय बहिरा महासंघ नेपाल, श्रवणदृष्टिविनिह राष्ट्रिय स्रोत केन्द्र काठमाण्डौको आयोजानमा भएको राष्ट्रिय कार्याशाला शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वर देवी चौधरीले अपाङ्गता भएका व्याक्तिहरुका समाजमा मुलधारमा ल्याउनको लागि उनीहरुको अभिभावकहरुको ठुलो भुमिका हुने बताईन । उनले अपाङ्गता भएका व्याक्तिहरुको शिक्षा, दिक्षा, लालन पालन देखि लिएर उनीहरुलाई क्षमता अनुसारको तालिम, सिकाईमा अभिभावकहरुको भूमिका महत्पूर्ण हुने भन्दै यसमा सबैजना समयमा नै सजग हुनुपर्ने बताईन ।
तिलोत्तमा नगरपालिकाले पहिलो पटक श्रवण दृष्टिविहिनता भएका वालवालिकाहरुको विशेष शिक्षाका लागि शान्ती नमुना माविमा सुरुवात गरेको जानकारी दिदै उप प्रमुख चौधरीले अपाङ्गता भएका व्याक्तिहरुको समाजमा पुनःस्थापनाका लागि नगरपालिका जहिले पनि सकारात्मक भएको बताईन । उनले अपाङ्गता भएका व्याक्तिहरको शिक्षा, तालिम, खेलकुद तथा मनोरञ्जनको लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउँदै आफुले थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाईन ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता हुदैमा कोही पनि व्याक्ति कमजोर नहुने भन्दै उनले अपाङ्गता एउटा अवरोधको कारण सृजना हुने अवस्था रहेको बताएका थिए ।उनले अपाङ्गता भईकन पनि समाजको मुलधारममा उनीहरुले महत्पूर्ण काम गरेको भन्दै उनले अपाङ्गताको अभिभावकको रुपमा रहेको स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले विशेष ध्यानदिनुपर्ने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदीले बोल्दै तिलोत्तमा नगरपालिकाले अपाङ्गता भएका दृष्टिविहिनता विशेष कक्षा सहित श्रवणदृष्टिविहिनता भएका व्याक्तिहरुको लागि पनि नेपालमा पहिलो पटक कक्षा सुरुवात गर्नु आफैमा उच्च सह्रारानीय काम भएको बताएका थिए ।
कार्यक्रममा तिलोत्तमा नगरापलिका शिक्षा महाशाखा प्रमुख गंगागाराम आचार्य, रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी, नेपाल बहिरा महासंघका केन्द्रीय अध्यक्ष केपी अधिकारी, शंकर सिंह चैसिर लगायतले आ आफ्नो भनाई राखेका थिए । ३ दिन सम्म चल्ने कार्याशाला चल्ने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित