रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

सगरमाथा आवासीयलाई आईएसओ प्रमाण

देवहमा रहेको सगरमाथा आवासीय मा.विले आफ्नो सेवाको गुणस्तरलाई वृद्धि गरी अन्तराट्रिय गुणस्तरको मापन निकाय क्ष्क्इ को लोगो प्राप्त गरेको छ ।
विद्यालयको भौतिक संरचना, शिक्षाको गुणस्तर, व्यवस्थापन सुरक्षा प्रणाली अगायतका मापदण्डहरु पुरा गरी ३ वर्ष भित्रमै आईएसओ सिर्टीफिकेट प्राप्त गर्ने उद्देश्य विद्यालयले राखेको छ ।
विद्यालयका शिक्षक, कर्मचारी र आई एसओ प्रतिनिधिहरुको संयुक्त बैठक बसी उक्त लोगो हस्तान्तरण गरेको हो । आईएसओ का नेपाल अधिकारी सुदिप शर्माले विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेल लोगो प्रदान गर्दै विद्यालयले छोटो समय अवधिमै सर्टिफिकेट प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज मरासिनिले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालय यस अगाडि नै नेपाल सरका द्धारा क वर्गको विद्यालयको रुपमा मान्यता प्राप्त गरी अवको ३ वर्षमा नै अन्तराष्ट्रिय गुणस्तरको विद्यालयको रुपमा रुपान्तरित हुने व्यक्त गरे । विद्यालयका ११० जना शिक्षक कर्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित