३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

अक्सफोर्डमा विदाई तथा शुभकामना

अक्सफोर्ड  माध्यमिक विद्यालय बुटवलले विद्यालय तह पूरा गरी विश्वविद्यालय तह प्रवेश गर्न लागेका ८३४ विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।  कक्षा ११ का विद्यार्थीद्वारा तिलाेत्तमा स्थित ड्रिमल्याण्डमा आयाेजित कार्यक्रममा कक्षा १२ काे परीक्षामा सामेल हुने विद्यार्थीलाई बिदाइ गरिएकाे हाे ।

मा.वि का विद्यालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै गर्दै राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले शिक्षा क्षेत्रमा नीजी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताए । उनले शिक्षा व्यवहारमा लागू गर्ने प्रकृतिको हुनुपर्ने भन्दै कक्षा १२ पास भएर जाने विद्यार्थीहरुले देशको लागि योगदान दिने प्रकृतिको काम गर्नको लागि समेत आग्रह गरेका थिए ।

samman.jpg

देशमा संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै उनले  सोही अनुसार राष्ट्र  र राष्ट्रियतामा लक्षित योजना निर्माण गरी सोही अनुसारको कार्य प्रगति गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बाेल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगत केही बर्षदेखि अक्सफोर्ड मा.वि ले राष्ट्रिय स्तरमा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको चर्चा गरे । उनले यसको गरिमालाई जाेगाउन आफुहरू निरन्तर लागेको बताउदै कक्षा १२ काे परीक्षामा सम्मिलित विद्यार्थीले समेत याे गरिमा जाेगाउन कटिबद्ध रहन आग्रह गरे ।

 प्राध्यापक सुमन भुसालले प्राध्यापक,विद्यार्थी तथा अभिभावककाे मिहिनेतकाे कारण छाेटाे समयमै सफलता मिलेकाे बताए ।

साे अवसरमा राष्ट्रिय कलाकार प्रमाेद खरेलकाे विशिष्ट आतिथ्यता,राष्ट्रिय परीक्षा बाेर्ड बुटवल शाखा अधिकृत बाबुराम भण्डारी , अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल ,प्राध्यापक सुमन भुसाल ,क्याम्पस प्रमुख मनाेज मरासिनी ,क्याम्पस अध्यक्ष अजित खनाल,अक्सफोर्ड मा.वि सञ्चालक समिति सदस्य ललित खरेल ,लेखा समिति संयाेजक राेषराज भण्डारी ,प्राध्यापक  दिवाकर रेेग्मी,थानेश्वर भण्डारी ,गाेविन्द गाैतम,सन्जय मरासिनी ,माया घिमिरे ,नारायण सापकोटा ,अक्सफोर्ड मा.वि लेखा समिति संयाेजक राेषराज भण्डारी ,प्राध्यापक वीर बहादुर क्षेत्री ,धर्म पाैडेल ,पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतको आतिथ्यतामा रहेको थियोे ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ काे परीक्षाकाे तयारी गरेका विद्यार्थीलाई मायाको चिनाे प्रदान गरे भने  राष्ट्रिय कलाकार तथा अक्सफोर्ड विद्यालयकाे गीतका गायक प्रमाेद खरेलले विभिन्न गीतहरूमा प्राध्यापक,विद्यार्थी तथा कर्मचारीलाई छमछमी नचाएका थिए ।

pramod.jpg

oxf.jpg

कार्यक्रममा खेल सप्ताह तथा राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिताका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी , प्राध्यापक तथा कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियोे । १ हजार ७ सय ८० जना विद्यार्थी सहभागी कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूले आ-आफ्ना नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रमा अमुल्य याेगदान गर्नुहुने प्राध्यापकहरू महेश शर्मा ,केशव भट्टराई ,कृष्णप्रसाद पाण्डे ,लक्ष्मण घिमिरे विष्णु बस्याल ,विपत चाैधरी,थानेश्वर भण्डारी,दिवाकर रेग्मी,प्रदिप ज्ञवाली ,झविन्द् मरासिनी ,थानेश्वर भण्डारी ,सन्जय मरासिनी ,गाेविन्द गाैतम,राजकुमार पाण्डे ,सुशील खनाल, विष्णु खनाल,अनिल न्याैपाने र बालकृष्ण प्राेखरेललाई दाेसल्ला,मायाको चिनाे तथा प्रमाणपत्रले सम्मान गरिएको थियोे ।

oxf.jpg

त्यस्तै १० बर्ष भन्दा लामाे समय सेवा गर्ने प्राध्यापक रामेश्वर ज्याेती,वीर बहादुर क्षेत्री  तथा कर्मचारीहरू  तेज बहादुर आले,विष्णु बहादुर सिंन्जाली र ज्ञान बहादुर थापालाई दाेसल्ला ,प्रमाणपत्र तथा मायाको चिनाेले सम्मान गरिएको थियोे ।

कार्यक्रमकाे सञ्चालन प्राध्यापक द्वय विष्णु खनाल , वीर बहादुर क्षेत्री तथा विद्यार्थीद्वय प्रशान्न के. सी , सुदीक्षा भट्टराई लगायतले गर्नुभएको थियोे भने प्राध्यापक नारायण सापकोटाले कविता मार्फत विद्यार्थीहरूलाई शुभकामना ब्यक्त  गरेका  थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित