रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

श्री राम जानकी मन्दिर समिति विष्णुपुराको अध्यक्षमा पुनः चन्द्रभुवन नाउ

भैरहवा। श्री राम जानकी आध्यात्मिक मन्दिर समिति गैडहवा गाउँपालिका वडा नम्बर ५ विष्णुपुरा, गिदहिया, रुपन्देहीको चौथो अधिवेशन बुधबार सम्पन्न भएको छ । मन्दिर परिसरमा सम्पन्न अधिवेशनले पुनः चन्दभुवन नाउको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा छेदी अहिर, सचिवमा सन्तु प्रसाद धवल र कोषाध्यक्षमा जयप्रकाश उपाध्याय निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा भुवाल तेली, राधेश्याम यादव, रामसेवक चौधरी, राम दयाल गुप्ता, शिवनाथ कलवार, ओम प्रकाश दुवे र पदेन सदस्यमा गैडहवा–५ का वडाअध्यक्ष विजय कुमार शर्मा रहेका छन् । त्यस्तै सल्लाहकारमा राजकुमार गुप्ता, कृष्ण शंकर प्रसाद गुप्ता, पशुपति यादव, सुनिल कुमार कुर्मी, राम लखन कुर्मी र काशी केवट रहेका छन् ।

श्री राम जानकी आध्यात्मिक मन्दिर समितिका अध्यक्ष चन्द्रभुवन नाउको अध्यक्षता, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यता, गैडहवा–५ का वडाअध्यक्ष विजय कुमार शर्माको विशिष्ट आतिथ्यता, गैडहवा–५ का निवर्तमान वडाअध्यक्ष कृष्ण शंकर प्रसाद गुप्ता, मन्दिर समितिका आजीवन सदस्यहरु राजकुमार गुप्ता, राम दयाल गुप्ता, योगेन्द्र धवल, सुनिता गुप्ता, पुनिता गुप्ता लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन मन्दिर समितिका सचिव सन्तु प्रसाद धवलले गरेका थिए ।

वि.सं. २०३१ सालमा स्थापना भएको श्री राम जानकी आध्यात्मिक मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न समितिले सक्दो प्रयास गरिरहेको पनि सदस्य राम दयाल गुप्ताले बताए । उनले भने, ‘रामजानकी मन्दिर आस्था र विश्वासको धरोहर हो ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित