भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

श्री राम जानकी मन्दिर समिति विष्णुपुराको अध्यक्षमा पुनः चन्द्रभुवन नाउ

भैरहवा। श्री राम जानकी आध्यात्मिक मन्दिर समिति गैडहवा गाउँपालिका वडा नम्बर ५ विष्णुपुरा, गिदहिया, रुपन्देहीको चौथो अधिवेशन बुधबार सम्पन्न भएको छ । मन्दिर परिसरमा सम्पन्न अधिवेशनले पुनः चन्दभुवन नाउको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा छेदी अहिर, सचिवमा सन्तु प्रसाद धवल र कोषाध्यक्षमा जयप्रकाश उपाध्याय निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा भुवाल तेली, राधेश्याम यादव, रामसेवक चौधरी, राम दयाल गुप्ता, शिवनाथ कलवार, ओम प्रकाश दुवे र पदेन सदस्यमा गैडहवा–५ का वडाअध्यक्ष विजय कुमार शर्मा रहेका छन् । त्यस्तै सल्लाहकारमा राजकुमार गुप्ता, कृष्ण शंकर प्रसाद गुप्ता, पशुपति यादव, सुनिल कुमार कुर्मी, राम लखन कुर्मी र काशी केवट रहेका छन् ।

श्री राम जानकी आध्यात्मिक मन्दिर समितिका अध्यक्ष चन्द्रभुवन नाउको अध्यक्षता, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यता, गैडहवा–५ का वडाअध्यक्ष विजय कुमार शर्माको विशिष्ट आतिथ्यता, गैडहवा–५ का निवर्तमान वडाअध्यक्ष कृष्ण शंकर प्रसाद गुप्ता, मन्दिर समितिका आजीवन सदस्यहरु राजकुमार गुप्ता, राम दयाल गुप्ता, योगेन्द्र धवल, सुनिता गुप्ता, पुनिता गुप्ता लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन मन्दिर समितिका सचिव सन्तु प्रसाद धवलले गरेका थिए ।

वि.सं. २०३१ सालमा स्थापना भएको श्री राम जानकी आध्यात्मिक मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न समितिले सक्दो प्रयास गरिरहेको पनि सदस्य राम दयाल गुप्ताले बताए । उनले भने, ‘रामजानकी मन्दिर आस्था र विश्वासको धरोहर हो ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित