३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

शान्ती समाज रुपन्देहीले मनायो ११३ औं नारी दिवस

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ११३ औं नारी दिवसका अवसरमा बुधबार बुटवलमा प्रदर्शन गरेको छ । दिवसको अवसरमा बुटवल ब्लड बैंक अगाडि महिला अधिकार मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेको हो ।
उक्त अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार तथा निवर्तमान सभापती गोविन्द खनालले अझै पनि समाजमा महिलामाथि अन्याय र अत्याचार कायमै रहेकाले त्यसका विरुद्ध सचेतनाको जरुरी रहेको बताए । उनले संवैधानिक रुपमा ३३ प्रतिशत अधिकार लेखिएको भएपनि मन्त्रिमण्डल, सरकारी नियुक्तिमा अझै कार्यान्वयन नभएकाले खबरदारी गर्नुपर्नेमा जोड दिए । नारी दिवसमा गरिएको प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, तितेपाती वचत तथा ऋण सहकारीका अध्यक्ष कमला कुँवरले नेपाली समाजमा अझै पनि महिलामाथि विभेद रहेकाले समानताका लागि एकजुटहुनुपर्ने बताए ।
कार्यक्रममा शान्ति समाज रुपन्देहीका सभापती खिमप्रसाद भट्टराई कृष्ण, उपसभापति कपिल ज्ञवाली, सहसचिव सिता पौडेलले लगायतले बोल्दै मानव अधिकार शान्ति समाज समानता र न्यायका लागि सदैव क्रियाशिल रहने बताए । समाजले नारी दिवसकै अवसरमा रुपन्देहीको सैनामैनामा निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित