भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

 रोटरी क्लब अफ बुटवल चौतारीकोे आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न (तस्वीरहरु)

 

बुटवल । रोटरी कलब अफ बुटवल चौतारीकोे आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आईतबार बुटवल ११ सत्यवती टोल स्थित क्लवकै प्रस्तावित भवन निर्माण स्थलमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले उद्घाटन गरिन।

सो अवसरमा बोल्दै उनले निशुल्क स्वास्थ्य शिविरले धेरै जना लाभाम्बित हुने भन्दै सामाजिक कार्यलाई निरन्तर अघि बढाउन क्लवलाई आग्रह गरिन । उनले स्वास्थ्य सचेतना, शिविर जस्ता कार्यक्रम बाट समाजमा लुकेका रोगहरु बाहिर ल्याउन सकिने भन्दै स्वास्थ्य प्रबद्धनात्मक कार्यक्रममा क्लवलाई उपमहानगरको तर्फबाट सधै सहयोग रहने समेत बताईन ।

क्लवका अध्यक्ष सन्तोष केसीले बार्षिक कार्ययोजना अनुसार निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको बताए । उनले स्वास्थ्य शिविरका अलवा बृक्षारोपण, सरसफाई कार्यक्रम, विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, न्यानो पोशाक वितरण, विरामीलाई फलफुल वितरण जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए ।

चौराह हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविर कार्यक्रममा नाक, कान, घांटी, हाडजोर्नी, महिला रोग, बालबालिका, दन्त परिक्षण गरिएको थियो । त्यसैगरी सुगर परिक्षण समेत गरिएको थियो । शिविरमा २४६ जनाले सेवा लिएको कार्यक्रम संयोजक श्रीकान्त सुवेदीले बताए । साथै उक्त कार्यक्रममा कलबले बुटवल १३ नागरिक टोलका अशक्त लेकसरी गुरुङ लाई एक थान ह्ील चियर चियर प्रदान गरिएको थियो ।

कार्यक्रममा रोटरी बुटवल चौतारीका एजी पुरन श्रेष्ठ,चौराहा हस्पिटलका म्यानेजिङ डाईरेक्टर बिरु भण्डारी, बुद्धभुमि ट्यक्सी सेवा का प्रतिनिधि दिलिप बि.क, सत्यवती टोल बिकास संस्थाका सचिव बिष्णु काफ्ले लगाएतले बोलेका थिए ।

कार्यक्रम क्लवका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा क्लवका सचिव सुदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित