कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

विवेक पङ्गेनी बने दीप गायन तारा

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको अन्तर मा।वि। दीप गायन तारा प्रतियोगितामा कालिका मानवज्ञान मा।वि।का विद्यार्थी विवेक पङ्गेनी दीप गायन तारा बन्न सफल भएका छन् ।
त्यसैगरी एम्स इङ्ग्लिश सेकेन्डरी स्कुलका अनुज गाहा द्वितीय, लुम्बिनी बोर्डिङ स्कुलका समिरे घिमिरे तृतीय, कान्ति मा।वि।का प्रेम विक र स्कलर्स बोर्डिङ स्कुलका रेनुका सुनारले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई समितिका कार्यालय प्रमुख दीपेन्द्र ढकालले दीप बोर्डिङ हाई स्कुलले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ भन्दै यस विद्यालयले जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गरेर गीत सङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पु¥याइरहेको र आगामी दिनमा यस विद्यालयले अझ बढी शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फ थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिए ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल, प्रमाणपत्र तथा टप टेनमा पर्न सफल अन्य ५ जना विद्यार्थीहरूले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार राजाराजेन्द्र पोख्रेलले शैक्षिक, समसामयिक विषयवस्तुमा हास्यव्यङग्य प्रस्तुत गरेका थिए भने नवौँ दीप गायन ताराका विजेता कुशल आचार्यले गीत प्रस्तुत गरेका थिए । दसौँ दीप गायन तारा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार, शुभेच्छुक र शिक्षकशिक्षिका तथा कर्मचारी वर्गलाई कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले धन्यवाद दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका कार्यालय प्रमुख दीपेन्द्र ढकालको प्रमुख आतिथ्यता, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, वि।व्य।स।सदस्य वसन्तकुमार जोशी, विष्णुमाया श्रेष्ठ, लेखाप्रमुख रेखा श्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वि।व्य।स। अध्यक्ष राजेन्द्रप्रसाद ढोजूले स्वागत र उपप्राचार्य कलाधर अर्यालले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय, विजय सापकोटा र बालकृष्ण पाठकले संयुक्त रूपमा गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित