दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

नेपाल स्काउट लुम्बिनी द्वारा नुवाकोटमा दुई दिने एडभेन्चर क्याम्प सम्पन्न

नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा पाल्पा स्थित नुवाकोटमा दुई दिने एडभेन्चर क्याम्प सम्पन्न गरेको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्बर ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हाइकिङ, रोप प्याराजन, नटिङ, अस्थायी क्याम निमाणर्र््ा, सरसफाई लगायतका कार्यक्रमहरु गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले स्काउट स्वयम सेबिकाको रुपमा आफुलाई स्थापित गर्ने संस्था रहेको भन्दै यसको मर्म अनुसार सवै लाग्नुपर्ने बताए । उनले अप्ठयारामा पुगेकाहरुलाई साथ दिने स्काउट रहेको भन्दै यसलाई अझ बढि प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले प्रदेश सरकारले समेत स्काउटलाई प्राथमिकतामा राखेकाले आगामी कार्यक्रमहरुमा सरकार समेत सहभागि हुने गरी योजना बनाउन आफु लाग्ने उनले प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा बोल्दै तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्काउटले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्बपूर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक डिनानाथ भट्टराइले लुम्बिनी प्रदेशमा स्काउटले स्थानिय सरकार प्रदेश सरकार, संघिय सरकार संग समन्वय गरी काम गरिरहेको बताए ।

कार्यक्रममा समाजसे ब तेजेन्द्र के.सी, राजेन्द्र ढकाल, स्काउट लुम्बिनी प्रदेश सदस्य मुकुन्द सुचिकार समाजसेवी नारायण भुषाल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष डिनानाथ भट्टराईको अध्यक्षयता तथा स्काउट सदस्य सरस्वती शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित