३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

दीप बोडिङ हाइ स्कूलको अायोजनामा दसौं जिल्ला स्तरीय अन्तर मा. वि. दीप गायन तारा प्रतियोगिता हुने

दीप बोडिङ हाइ स्कूलको अायोजनामा दसौं जिल्ला स्तरीय अन्तर मा. वि. दीप गायन तारा प्रतियोगिता हुने भएको छ । विद्यालयले अाज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जानाकारी दिएको छ ।
फागुन ४ र ५ गते हुने प्रतियोगितामा जिल्लाका ५० विद्यालयको सहभागिता हुने प्राचार्य टिकाराम न्यौपानेले बताए । विद्यालयले विगत १२ वर्षदेखि रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता सञ्चालन गर्दै आइरहेको उनले बताए ।

विद्यालयको ४२ औं स्थापना दिवसको अवसरमा फागुन ४ र ५ गते कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने गरी दसौं जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको अायोजना गरिएको उनको भनाइ छ ।
४ गते प्रथम चरण हुनेछ भने दोस्रो चरण ५ गते हुनेछ ।
पहिलो चरणमा प्रतियोगीले ट्र्याकविना गीत गाउनु पर्नेछ भने यस चरणबाट उत्कृष्ट १५ जनालाई दोस्रो चरणका लागि छनौट गरिने कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताए ।
त्यस्तै प्रथम चरणबाट छानिएका उत्कृष्ट १५ जनाले ट्र्याकसहित गीत गाउनुपर्ने उनले बताए ।
त्यसबाट उत्कृष्ट १० जनालाई अन्तिम चरणका लागि छनौट गरिने उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजारका साथ सिल्ड, मेडल तथा द्दितिय हुनेले नगद रु २० हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन् ।
यसैगरी तृतीय हुनेले नगद रु १० हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । साथै दुई जनालाई नगद रु २ हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक पाण्डेयले बताए ।
दिप गायन तारा प्रतियोगिताबाट हालसम्म अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे र कुशल आचार्य गरी जम्मा नौ जना विद्यार्थीहरू विजेता भईसकेका छन ।
दीप बोडिङ हाइ स्कूल २०३७ फागुन ५ गते स्थापना भएको संस्थागत विद्यालय हो । यस विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूमा अन्तर्निहित क्षमताको प्रस्फुटन गर्दै आइरहेको छ । विद्यालयले नगर, जिल्ला र राष्ट्रव्यापी कविता लेखन, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन, हाजिरीजवाफ, चित्रकला, भलिबल, टेबलटेनिस, कराते, कबड्डी लगायत विभिन्न प्रतियोगितामा अब्बल नतिजा ल्याउँदै आइरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित