रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

सिद्धार्थ मा.वि. को आयोजनामा नवौँ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न (तस्वीरहरु)

तिलोत्तमा वडा नं. ४ मा रहेको सिद्धार्थ मा.वि.मा को आयोजनामा भएको नवौँ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि ड्रिम भिजन स्कुलका स्वपनिल डुम्रेले जितेका छन् । ‘‘समृद्ध राष्ट्रको आधारः युवा रोजगार’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा जिल्लाभरका ५१ जना प्रतियोगिलाई पछि पार्दै डुम्रेले उपाधि हात पारेका हुन ।
त्यसैगरी शान्ती नमुना माविकी सर्वदा विश्वकर्मा द्धितिय हुन सफल भईन भने लिटिल फलावर ईङलिस बोडिङ स्कुलका समर्थक क्षेत्री तृतिय भए । दुर्गा शैक्षिक गृहकी हिमांशी पाण्डे शान्त्वना भईन ।
सिद्धार्थ मा.वि.ले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले हरेक बर्ष वक्तृत्वकला प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगितामा विजयी विद्यार्थीलाई क्रमशस् नगद, शिल र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो । विद्यालयका प्राचार्य यम बहादुर रानाको स्वागत मन्तव्यद्वारा सुरु भएको उक्त कार्यक्रमको निर्णायक मण्डलमा प्राध्यापकहरू ऋषिराम भुसाल, प्रा.डा.हिरण्य ज्ञवाली र राजेन्द्र आचार्य रहेका थिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष रामलाल श्रेष्ठको अध्यक्षतामा बरिष्ठ साहित्यकार बुँद रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि रानाले यस्ता प्रतियोगिताले विद्याथीहरुको क्षमता विकास संगै मानविय विकास समेत बढ्दै जाने बताए ।
कार्यक्रममा प्याब्सन रुपन्देहीका केन्द्रीय सदस्य लेखनाथ पौडेल, प्याब्सन जिल्ला कमिटी अध्यक्ष अनन्तराम शर्मा, अभिभावक सङ्घ रुपन्देहीक जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन केन्द्रीय सह कोषाध्यक्ष हेमलाल भुसाल, प्याब्सनका भूतपूर्व सदस्य यज्ञमूर्ति पाण्डे लगाएतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा आकृति स्मृति अक्षयकोषका संरक्षक इन्द्रलाल श्रेष्ठ, भागिरथी देवी अक्षय कोषका संरक्षक रोमीमाला राज भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
विद्यालयले सोही कार्यक्रमको अवसरमा गतवर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा गत वर्षका एस.इ.इ.परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सिद्धार्थ प्रतिभापदकद्वारा सम्मान गरिएको थियो । त्यस्तै कृष्णा गरीमा अक्षयकोष, आकृति स्मृति अक्षयकोष, भागिरथिदेवी अक्षयकोष लगायतका पुरस्कार पनि वितरण गरिएको थियो । सोही कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई र्दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो ।

शिक्षक मेघराज भट्टराई तथा रजनीशचन्द्र गुप्ताले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका पेशा व्यावसाय तथा विज्ञान विषयका विद्यार्थीहरुले आफ्ना हस्तकलाहरुको तथा विज्ञान प्रदर्शनी गरेका थिए । कार्यक्रमको बिच बिचमा भएको विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुतिले कार्यक्रम सङ्गीतमय बनेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित