३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

तिनाउमा जारी खेल महोत्सवमा विभिन्न प्रतियाेगिता सम्पन्न

तिनाउ इङलिस बोर्डिङ स्कूलमा बुटवल ११ मा जारी खेल महोत्सवमा आजपनि विभिन्न प्रतियाेगिता सम्पन्न भएका छन् ।
महोत्सवमा आज मन्टेश्वरी एल के.जी यु केजी र कक्षा १ सम्मका विद्यार्थीहरु लाई म्युजीकल स्टेचु, बल कलेक्सन, टफी बाईट, गणितीय दौड, तातो आलु जस्ता विभिन्न खेल विधामा खेलाइएको छ ।

स्कूलका सह संयोजक अग्नीधर पोख्रेलका अनुसार मन्टेश्वरीलाई खेलाइएको टफी वाईटमा नविना के.सी प्रथम, आयुस पुन द्वितिय र रियाना बेलबासे तृतिय भएका छन् ।  सोही कक्षाबाट बल जम्मा गर्ने खेलमा सम्राट घिमिरे प्रथम, रियाना बेलवासे द्वितिय र रियाज बिक तृतिय भएका छन् । भने कलर खेलमा सोही कक्षाकी एन्द्र एन्ड्रीसा अर्याल प्रथम ए रचना पढाई द्वितिय र अध्ययन श्रेष्ठ तृतिय भएका छन्।

आजै सम्पन्न नर्सरी तर्कको म्युजीकल स्टेचु खेलमा नर्सरी पिसका बिपिन थापा प्रथम सोही कक्षाका नविन विक द्वितीय र सरस्वती दास तृतिय भए। बल कलेक्सनमा भने नर्सरी फेर्थका ध्रुब सुनार प्रथम, पिसका अबेस चौधरी द्वितिय र पिसकै लुकसून तृतिय भए। सोही कक्षामा खेलाइएको इभित्र बाहिर खेलमा हॉप सेक्सनबाटै केनिया श्रेष्ठ प्रथम, सरना श्रेष्ठ द्वितीय र श्रीसब भण्डारी तृतिय भएका छन्। सोही कक्षाकालागि खेलाइएको टफी बाईट खेलमा फेथका ध्रुब सुनार प्रथम, उमङ्‌ग सुनार द्वितिय र अनुखी पौडेल जिसकी तृतिय भइन।

तातो आलु खेलमा भने दिपसन खत्री फेथका प्रथम बृक्षा महत द्वितीय र लोटस्की गरीमा रोका तृतिय भईन। एल. के. जी. तोफ खेलाइएको म्युजीकल स्टेचुमा लोटसकी अनुजा श्रेष्ठ प्रथम ट्रस्टका सफल पोखाल द्वितिय र फेथकी सुयसा जि. आर. तृतिय भइन। बल कलेक्सन मा ट्रस्टका आकस गुरूङ प्रथम, फेथकी सिम्रन बिस्ट द्वितिय र पिएकी सचिन अर्थात तृतिय भए । भित्र बाहिर खेलमा भने फेथकी रिसिका बर्मा प्रथम होपका सोनिस थापा द्वितिय र ट्रस्टका हस टन्डन तृतिय भएका छन्।

तातो आलु खेलमा भने अनुजा श्रेष्ठ, आदित कार्की र रिहान विस्टले क्रमश प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरे। युके जी तर्फ खेलाइएको खेलमा म्युजिकल स्टेचु खेलमा केली सिन्जाली प्रथम, सौरभ खड्‌का द्वितिय र बिन्दु गाहा तृतिय भईन । वल कलेक्सनमा रिवाज खनाल प्रथम, समिर पाण्डे द्वितिय र अनुज महत तृतिय भए । भित्र वाहिर खेलमा हार्दिक अर्थात प्रथम सुसन भट्टराई द्वितीय र समता थापा तृतिय भइन ।

कक्षा १ तर्फको खेलमा गणितीय दौडमा सान्भी अर्याल प्रथम अर्नभ भुसाल द्वितीय र आर्यभ पौडेल तृतिय भएका छन् । तातो आलु खेलमा भने अर्नभ भुषाल प्रथम प्रवेश खनाल द्वितीय र सुबाना हक तृतिय भएकी छन् । साे अवसरमा प्राचार्य सिता पाण्डे, स्कूलका सह संयोजक अग्नीधर पोख्रेल, खेलकुद संयोजक वेद न्यौपाने लगायतले बाेलेका थिए ।

  • खेलकुदहरू कक्षा, शिक्षक तथा लेवल इन्चार्जहरुको निगरानी र को निर्देशनमा चलि- रहेको छ । भोलीदेखी प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका खेलकुदहरू हुने स्कूलका अध्यक्ष यज्ञमूर्ति पाण्डेले जानकारी दिनुभयो । प्रतियाेगिता फागुन ४ गतेसम्म चल्ने र पाँच गते पुरस्कार प्रदान गरिनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित