रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

गार्गी एकेडेमीमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण (तस्वीरहरु)

बुटवल। बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शनिबार गार्गी वृहत सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्ष तथा बुटवल उपमहानगरपालिका माध्यामिक शिक्षा शाखा प्रमुख टीकाराम पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै पन्थीले रूपन्देहीका संस्थागत विद्यालयले शैक्षिक विकासमा ठूलो योगदान पु¥याएको बताए । उनले संस्थागत विद्यालयहरूको प्रतिष्पर्धाले गुणस्तरीय शिक्षा अब्बल हुँदै गएको बताए ।
विद्यालयका प्राचार्य भुवन अधिकारीले गुणस्तरीय शिक्षाका कारण संस्थागत विद्यालयमा अभिभावकहरूको रूचि बढदै गएको बताए । संस्थागत विद्यालय नाफामूलक नभई सेवामूलक संस्थाको रूपमा विकास भएको प्राचार्य अधिकारीको भनाइ छ ।
सो अवसरमा गत वर्षको शैक्षिकतर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान, शिक्षक सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका सञ्चालक जीवन अधिकारी, सल्लाहकार राजेन्द्र ढकाल, भरत पाठक, समाजसेवी मनोहर पाठक, भुवनसिंह विश्वकर्मा लगायतले बोलेका थिए । कार्यक्रममा परम्परा र संस्कृति झल्किने, एकल नृत्य, शिक्षिकाहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो । एकेडेमी स्थापनाको छोटो समयमा अभिभावकको रोजाइमा परेको छ । विद्यालयका झण्डै २ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । प्राचार्य भुवन अधिकारीको स्वागत तथा शिक्षक नवराज न्यौपानेको सञ्चालनका कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित