निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

डार्सिसको नयाँ सो–रुम बुटवलमा

बुटवल ।
डार्सिस इन्टरनेशनल स्टोस, बुटवलले विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड कम्पनिको सो–रुप बुटवलमा सञ्चालनमा ल्याएको छ । युवा पुस्ताहरुको चाहाना र व्राण्ड कम्पनिका सामान सहज रुपमा उपलब्ध गराउने लक्ष्यसहित डार्सिसले बुटवलको मुख्य वजार ट्राफिक चोकमा आधुनिक साजसज्जाका साथ सो–रुप सञ्चालनमा ल्याएको जनाएको छ ।
करिव दश वर्ष अगाडी राजमार्ग चौराहामा विभिन्न सामानहरुसहितको सोरुम सञ्चालन गरेको डार्सिसले शुक्रवारबाट चस्मा, घडी र पर्फयुम(सेन्ट) मात्र राखेर नया ढंगले सोरुम सुरु गर्न लागेको सञ्चालक विकास पाण्डेले जनाएका छन् । पाण्डेका अनुसार बुटवलमा डार्सिस सोरुममा विश्व चर्चित रे–वन, टाईटन, सिको, पोलार तथा फोसिल कम्पनिका घडी, सन ग्लास र पर्फयुमहरु राखिएको छ । उनका अनुसार विदेश गएर आएका र स्वदेशमा रहेका उपभोक्ताहरुलाई व्राण्डेड कम्पनिका सामानहरु सहजै रुपमा उपलब्ध गराउने लक्ष्य लिएर उक्त सो रुम खोलिएको हो ।
यस क्षेत्रमा ती कम्पनिहरुको एक मात्र आधिकारिक डिलरका रुपमा सञ्चालनमा आएको सो–रुममा न्यूनतम रु. १४ हजारदेखि ६० हजारसम्म मुल्यका रे–वनका सन ग्लासहरु रहेको पाण्डेको भनाई छ । सो रुममा अन्य कम्पनिका पनि ओरजिनल सामान मात्र राखिएको उनको भनाई छ । वजारमा व्राण्डेड सामान प्रयोग गर्न चाहाना राख्ने उपभोक्ताहरुलाई चिन्न र पाउन गाहे पर्ने आवस्थालाई आफ्नो सो–रुमले सहजिकरण मात्र गर्ने काम गरेको पाण्डे बताउछन् ।
बुटवलमा होटल, हुक्का व्यवसाय पनि चलाइरहेको डार्सिस घडी र चश्मालाई व्यवस्थित रुपमा वजारीकरणमा लागेको सञ्चालक पाण्डे बताउछन् । उनका अनुसार बुटवलका उपभोक्ताहरुलाई कतिपय ब्राण्डेड सामान किन्नका लागि काठमाडौं वा इन्डियामा पुग्नु पर्ने बाध्यता रहेको देखेर त्यसलाई सहजीकरण गर्न डार्सिसले विगत १० बर्ष अगाडीबाट काम थालेको हो ।
नयाँ सञ्चालनमा आएको सो–रुममा हाल करिव डेढ करोडको लगानी भएको र उपभोक्ताहरुको चाहाना एवं आवश्यक्ता अनुसार लगानी गर्दै जाने पाण्डेले बताएका छन् । नेपालमा यी कम्पनिहरुका आधिकारिक डिलरहरु काठमाडौं, पोखरा र बुटवलमा मात्र रहेको उनको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित