


बुटवल । नेपाल पुनः प्रयोग योग्य वस्तु व्यवसायी संघ, रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाले लगाएको दोहोरो कर प्रणाली फिर्ता लिन आग्रह गरेका छन् ।
व्यवसायीसँग कुनै छलफल र परामर्श नगरी टेन्डरमार्फत नगरपालिकाले एकलौटी ढंगबाट लगाएको कर आफूहरूले तिर्न नसक्ने उनीहरुले बताए । व्यवसायीहरुले बुटवलमा पत्रकार सम्मेलन गरी दोहोरा कर प्रणाली खारेज गर्न माग गरेका हुन् ।
संघका अध्यक्ष भगवती जैसवालले नगरपालिकाले कर माथि कर थप्ने नीतिले व्यवसायीहरुले विस्थापित हुने अवस्था आएको बताए । नगरपालिकाले व्यवसायीसँग थप कर अशुल्ने गरी एनएस इन्टरप्राइजेज, ओमसतियासँग यहीँ माघ १९ गते सम्झौता गरेको छ ।
‘एउटा व्यवसायीले नगरपालिकालाई वार्षिक २४ हजार कर तिछौं’ जैसवालले भने, ‘अब प्रत्येक रिसाइक्लिलिन सामान विक्री गर्दा फेरि टेन्डर लिएकालाई कर तिर्नुपर्ने व्यवस्था बनायो । यो हामीलाई स्वीकार्य छैन ।’ सिद्धार्थनगरमा पुन प्रयोग योग्य वस्तु व्यवसायीहरु १५ जना रहेका छन् ।
अध्यक्ष जैसवालले थपे, ‘नगरपालिकालाई वार्षिक करसँग अब एउटा सिसि÷वितल विक्री गर्दा फेरि ७५ पैसा तिनुपर्छ । जुन अहिले बोतल नै छैन ।’ करको विरोध स्वरुप माघ २७ गते व्यवसायीहरुले नगरपालिका घेराउ कार्यक्रम राखेका छन् । त्यस्तै बिहीबारदेखि कवार्ड संकलन र किनबेच पनि बन्द गरेका छन् । आफूहरुको मागको सुनुवाई नभए अर्को चरणको आन्दोलनमा जानुपर्ने अवस्था आउने व्यवसायीहरुको भनाइ छ ।