बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

गौतमबुद्ध विमानस्थलबाट नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय उडान कहिले ?

डेढ महिनादेखि गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ठप्प छ ।  खराब मौसमको कारण देखाउंदै हिमालय एअरलाइन्सले डिसेम्बर १६ र जजिराले डिसेम्बर २१ देखि उडान बन्द गरेपछि विमानस्थल सुनसान बनेको छ ।

४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएको ६ महिनामै सेवा बन्द हुंदा विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे विश्व बजारमा नकारात्मक सन्देश गएको सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भिष्म न्यौपाने बताउंछन् । सरकारी बेवास्ताले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द हुन पुगेको उनको ठम्याई छ ।

‘राज्यको ४३ अर्ब लगानी भएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान महिना दिन ठप्प हुंदा रुपन्देहीको निजी क्षेत्र ज्यादै चिन्तित बनेको छ’– न्यौपानेले भने–‘विदेशी एअरलाइन्सले बन्द गरेपनि नेपाल एअरलाइन्सले उडान नियमित गर्नुपर्दछ ।’
भारतसंग सरकारी तहबाट (जीटुजी) वार्ता गरेर हवाई रुटको लिखित सहमति लिन ढिलाई गर्न नहुने न्यौपानेको सुझाव छ ।

चेम्बर अफ कमर्स रुपन्देहीले अर्थमन्त्री विष्णु पौडेलसमक्ष जिल्लाका दुई दर्जन बढी निजी क्षेत्रका संघसंस्थाहरुसंग छलफल गरी तत्काल सरकारी स्वामित्वको नेपाल एअरलाइन्सबाट उडान सुचारु गर्न माग गर्दै संयुक्त ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष अनिल ज्ञवालीले अन्तर्राष्ट्रिय उडान नियमित गराउन र थप एअरलाइन्सलाई आकर्षित गर्न भारतसंग हवाई रुट संगै वैदेशिक रोजगारीमा जाने नेपालीहरुको श्रम र भीसा स्वीकृति र स्वास्थ्य परीक्षण गर्ने कार्यालय विमानस्थलमै छिटो स्थापना गर्न सरकारले प्राथमिकतामा राख्नुपर्ने मागसहित अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए ।
‘हामीले रुपन्देहीबाटै निर्वाचित नेतालाई अर्थमन्त्री र मुख्यमन्त्री पाएका छौं अब अब उहांहरुले अन्तर्राष्ट्रिय उडान नियमित गराउने विषयलाई प्राथमिकता दिनुपर्छ’– ज्ञवालीले भने ।

अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर होटेल लगायत पर्यटन सम्बन्धित व्यवसायमा यहां निजी क्षेत्रको अर्बौं लगानी भएको छ । तर शुरु भएको ६ महिनामै अन्तर्राष्ट्रिय उडान महिना दिनसम्म बन्द हुंदा व्यवसायीमा अन्तर्राष्ट्रिय उडान कतै लामै समय नचल्ने हो कि भन्ने आशंकाले बैंकको चर्को ब्याज र किस्ता कसरी तिर्ने भन्ने चिन्ता छाएको छ ।

होटेल व्यवसायी गोपाल राना सरकारले अन्तर्राष्ट्रिय उडान बन्द हुंदा लुम्बिनीको पर्यटन व्यवसायमा ठूलो धक्का लागेको बताउंछन् । सरकारले जतिसक्दो छिटो अन्तराष्ट्रिय उडान सुचारु गर्नुपर्ने उनले बताए ।

उनले एक दुई वटा एअरलाइन्सले वैदेशिक रोजगारीमा जाने नेपालीलाई लैजाने र ल्याउने गरेर मात्रै विमानस्थलबाट लाभ लिन नसकिने भन्दै बौद्धमार्गीहरु भएका देशहरुसंग कनेक्टिभिटी बढाएर गुणस्तरीय पर्यटक भित्राउन धेरै एयरलाइन्सहरुलाई आकर्षित गर्न प्रभावकारी पहल हुनुपर्ने बताउंछन् ।

रुपन्देही नागरिक समाजका अध्यक्ष इश्वरी चापागाईले रुपन्देहीबाट निर्वाचित संघीय र प्रदेश सांसद, प्रदेश सरकारले अन्तर्राष्ट्रिय उडान सुचारु र नियमित गर्न कुनै पहल नगरेको गुनासो गर्छन् ।
४३ अर्ब खर्च गरेर बनेको विमानस्थल विजनेशबिहीन हुंदा राज्यलाई ठूलो व्ययभार बढेको भन्दै उनले यो विमानस्थल भैरहवा र रुपन्देहीको मात्र नभई लुम्बिनी प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले समेत गम्भीरतापुर्वक चासो दिनुपर्ने सुझाउंछन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले मौसमका कारण २१ डिसेम्बरदेखि स्थगित जजिरा एअरलाइन्सको उडान फेब्रुअरी २ तारिखदेखि पुनः सुचारु हुने भनिएपनि हुन नसकेको बताए ।
अन्तर्राष्ट्रिय उडान बन्द हुनुमा मौसम वाहेक अन्य कारण नभएकाले निजी क्षेत्रले उडान सुचारु हुंदैन कि भनेर आशंका गर्नु नपर्ने झाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार