३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

कुँवर परिवारद्वारा मानव सेवा आश्रममा खाना तथा खाद्यान्न सहयोग

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १९ निवासी दिनेश कुँवर, सीता कुँवर र प्रदीप कुँवरले तिलोत्तमास्थित मानव सेवा आश्रममा रहेका ७५ जना आश्रित व्यक्तिलाई खाना खुवाउनुको साथै खाद्यान्न तथा फलफुलसहितका सामग्री हस्तान्तरण गरेका छन् ।

दिनेशकी आमा स्व. छमकला खत्रीको १३ दिनको पूण्यतिथिमा घरमा गरिने पूजाआजाको खर्च कटाएर आश्रममा आश्रित व्यक्तिको सहयोगका लागि यस्तो योजना बनेको कुँवर परिवारले जनाएको छ ।

आमाको स्मृतिमा आश्रममा विभिन्न क्षेत्रबाट न्याय नपाएका नागरिकलाई गरिएको मानवसेवामा थोरै सहयोग पुराउने उदेश्यले यस्तो कामको थालनी गरिएको सहयोगी दिनेश कुँवरले बताए ।

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएका उनले छोरा प्रदीपलाई मानव सेवाका प्रतिवद्ध बनाउन अगाडि सारेको र आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

दिनेशकी श्रीमति सीता कुँवरले मानव सेवा आश्रममा अनाथहरुलाई गरेको ठूलो उद्दारमा साथ दिनका लागि पारिवारिक सल्लामा आफूहरु आएको बताउँदै गाउँसमाजमा गरिने खर्चहरु कटाएर यस्तो महत्वपूर्ण सेवामा लागेकाहरुलाई साथ दिन लगाउने प्रतिवद्धता जनाएकी छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित