३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

चौराह अस्पताल बुटवल द्वारा कपिलबस्तुको शिवराज – ९ मा निशुल्क स्वास्थ्य शिविर

बुटवल ११ कालिकानगरमा रहेको चौराह अस्पताल ट्रमा तथा न्यूरो सेन्टर प्रा.लि.ले कपिलबस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेकपा महासचिव नेत्रबिक्रम चन्दको प्रमुख आतिथ्यतामा भएको शिविरमा ५ सय जनाको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको थियो । गरिव तथा विपन्न समुदायमा लुकेको रोग पत्ता लगाउने उद्देश्यले आयोजना गरिएको शिविरमा बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा मगर, शिवराज नगरपालिकाका अध्यक्ष अजय थापाको समेत उपस्थिती रहेको थियो ।
शिविरमा न्यूरो सर्जन डा. के आई सिंह, डाक्टर मदन ज्ञवाली, डाक्टर ज्योति श्रेष्ठ, डाक्टर बिनोद पौडेल, डाक्टर गगा श्रेष्ठ, डाक्टर घनश्याम पाण्डे, मौसमी श्रेष्ठले विरामीलाई चेकजाँच गरेको अस्पतालका बरिष्ठ जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले जानाकारी दिए ।
शिविरमा बोल्दै प्रमुख अतिथि चन्दले अस्पतालले सामाजिक दायित्व अनुसार गाउँ गाउँमा आएर स्वास्थ्य शिविर सञ्चालन गरेकोमा धन्यवाद दिए । उनले राज्यले गर्नुपर्ने दायित्व नीजि अस्पतालले पुरा गरेको भन्दै नीजि अस्पतालाई सरकारले हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्ने बताए ।
बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा मगरले यस्ता शिविरले गरिव तथा विपन्न परिबारलाई ठुलो राहत मिलेको बताए । शिवराज नगरपालिकाका अध्यक्ष अजय थापाले रकम अभावमा अस्पताल सम्म जान नसक्ने विरामीहरु यस्ता शिविरबाट सवैभन्दा बढि लाभाम्बित भएको भन्दै आगामी दिनमा पनि यस्तो कार्य गर्न अस्पताललाई सुझाव दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित