निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

नयाँगाउ माध्यामिक विद्यालयको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बुटवल । नयाँगाउ माध्यामिक विद्यालयको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ अवसरमा नवनिर्मित भवनको उद्घाटन तथा अक्षयकोषको स्थापना गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बश्यालले ४ लाख रुपैया दान गरि पहिलो दाताबाट अक्षय कोष स्थापना गरेका छन । एक समारोहका बिच लुम्बिनी प्रदेशका सदस्य सदस्य भोज प्रसाद श्रेष्ठले कार्यक्रम र नवनिर्मित भवनको उद्घाटन गर्दै शिक्षा र स्वस्थ्यमा आम नागरिकको सहज पहुच हुनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने गरि बाल क्लब, विभिन्न खेलकुद गतिविधिका साथै अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिदै आएको उनले बताए । विद्यालयको भौतिक पुर्वाधार निर्माण र आफ्नै खेलमैदान निर्माण गर्ने पहल थालेको भन्दै यसमा आवश्यक सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा विद्यालयका सहायक प्रध्यानाध्यापक विष्णुप्रसाद काफ्लेले एउटा सानो झुपडीबाट शुरु भएर अहिलेको अवस्थामा आईपुग्दा धेरै परिवर्तन आएको बताए । बुटवल तिनाउ पश्चिममा सामुदायिक विद्यालयको रुपमा पहिचान बनाउन सफल भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्ष बामदेव क्षेत्री, लुम्बिनी विश्वविद्यालयका रजिस्टार तिलक आचार्य, जिल्ला शिक्षा तथा समन्वय ईकाई कार्यालयका प्रमुख दिपेन्द्र ढकाल, बुटवल उपमहानगरपालिका शिक्षा शाखाका मित्रमणी खनाल, वडा नं १२ का वडाअध्यक्ष डिल्ली प्रसाद शर्मा, सल्लाहकार घनलाल बश्यालले नयागाउ विद्यालयमा विकासक्रमलाई स्मरण गर्दै थप योजनाका साथ अघि बढ्न सुझाव दिए ।

विद्यालयका सहायक प्रध्यापक विष्णुप्रसाद काफ्लेको सम्पादनमा प्रकासित गरिएको नया गाउँ दर्शन २०७९ विमोचन गरिएको थियो । सर्वाङ सुन्दर ब्यायाम, नृत्य प्रदर्शन गरिएको थियो ।

विद्यालयमा रहेका ५० जना मध्ये बाल शिक्षिका अन्जु सिह ठकुरी, रामप्रसाद बन्जाडे, पार्वती केसी, सुर्य बहादुर राना र कर्मचारी राशि कुमारी मल्ल गरि ५ जना उत्कृष्ट शिक्षक, कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित