विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

खानेपानी निर्माण तथा उपभोक्ता समिति नहरपुरको आयव्यव सार्वजनिक

बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल ११ बुद्धनगर नहरपुरले आर्थिक वर्ष ०७८।७९को आयव्यव सार्वजनिक तथा अनुमोदन कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले हरेक वर्ष साधारणसभा अगाडि वर्षभरका आयव्यय सबै उपभोक्तालाई डाकेर अनुमोदन गर्ने परम्परा बसालेको छ ।

साधारणसभामा उपभोक्ताबाहेक अन्य क्षेत्रका पाहुनालाई पनि बोलाइन्छ, पहिले आन्तरिक हिसाबमिलान गरेर अनुमोदन गरेपछि त्यो दिन नीतिगत सामुहिक विषयमा छलफल गर्न सजिलो हुन्छ– समितिका अध्यक्ष आशिष सूर्यवंशीले भने ।

यो समिति बुटवल क्षेत्रमा धेरै उपभोक्ता रहेको अन्र्तगत पर्दछ । यहाँ करिब १२ सय उपभोक्ता रहेका छन् ।

समितिका अध्यक्ष आशिष सूर्यवंशीको अध्यक्षता र सचिव अर्जुन जीसीको संचालनमा शनिबार भएको कार्यक्रममा कोषाध्यक्ष विष्णु जीसीले ३३ लाख ४३ हजार ३८ रुपैयाँको कारोबार भएको विवरण प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा चालुवर्षमा सार्वजनिक महशुलबाट ६० हजार १ सय ६१,निजी महशुल १८ लाख ७५ हजार ८ सय ४०, धारा जडान र नामसारीबाट २ लाख ६१ हजार १ सय ९ र बैंक ब्याजबाट ८ हजार ९ र अघिल्लो वर्षको अल्याबाट ११ लाख ३७ हजार ९ सय १८ गरी ३३ लाख ४३ हजार ३८ रुपैयाँ आम्दानी भएकोमा विभिन्न शिर्षकमा २२ लाख ६ हजार ८ सय ७५ खर्च भएको विवरण पेश भएकोमा सर्वसम्मतले अनुमोदन भएको थियो ।

कार्यक्रममा बुटवल ११ का जनप्रतिनिधि नकुल शाहीले उपभोक्ताको सचेतनाबाट खानेपानीको संरक्षण र वातावरणको संरक्षण हुने बताए । उनले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक सम्पतिको संरक्षण गरेर गाउँटोललाई नमुना बनाउनुपर्ने बताए ।

कार्यक्रममा सल्लाहकार महेन्द्र भुसाल, भगवती टोलविकास संस्थाका अध्यक्ष टोपलाल भुसाललगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित