नेपाल टी–२० लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई काठमाडाै ल्याउने तयारी गरिएको छ ।
प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आलमलाई पर्सा र अन्सारीलाई सप्तरीबाट पक्राउ गरेकाे हाे । उनीहरू दुवै जनालाई साेमबार काठमाडाैं ल्याउन लागिएकाे हाे ।
अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् ।