बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

प्रथम बटौली ५ हजार मिटर अन्तर मावि दौडमा छात्र र छात्रा दुवैमा कालिका खेलाडि विजयी

नेपाल खेलकुद महासंघ बुटवल नगरकमिटिको आयोजनामा भएको प्रथम बटौली, ५००० मिटर अन्तर माबि स्तरिय दौड प्रतियोगिता २०७९ को छात्र र छात्रा तर्फ दुवैमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । छात्र तर्फ कालिका मानवज्ञान स्कुलका कक्षा ११ मा अध्यानरत लेख बहादुर झेडी प्रथम भए भने छात्रा तर्फ पनि कक्षा ११ मा अध्यानरत रक्षा थापा श्रीस प्रथम भईन । त्यसैगरी छात्र द्धिर्ति गार्गी एकेडेमीका समिर रुचाल तथा तृतिय नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयका दिपक वि.क. भए ।
छात्रा तर्फ भने द्धितिय नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयकी ललिता पाण्डे तथा तृतिय दिप बोडिङ स्कुलकी पुष्पा बुढामगर भईन । बुटवलको योगिकुटीबाट सुरु भएको दौड प्रतियोगिता मिलनचोक हुंदै पुन सोही स्थानमा आएर पुरा भएको थियो । विजयी विद्यार्थीहरुलाई नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटिका अध्यक्ष त्रिभुवन पाण्डे, कार्यक्रम संयोजक प्रवेश आचार्य र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एवम बुटवल उपमहानगर ईन्चार्ज गोपाल रानाले नगद सहित सम्मान गरे ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले यस्ता खेल प्रतियोगिताले खेलाडिमा भएको क्षमता निखारिनुका साथै खेलाडिहरुको आत्मबल बृद्धि हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित