रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

‘अस्तब्यस्त सुटिङ सघं: न प्रतियोगिता न बार्षिक क्यालेन्डर नै’

बुटवल । राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका बिभिन्न खेलकुद सघंहरुमध्ये धेरैले आफ्ना नियमीत कार्यक्रम सन्चालन गरेपनी केहि सघं अझै पनी झोलामै सिमित भएका छन ।
जसमध्ये सुटिङ सघंले न प्रतीयोगीतालाइ नियमीत गराएको छ न त क्यालेन्डर नै बनाएको छ ।

भद्रगोल अबस्थामा सुटिङ सघं रहेको र नेपालमा यो खेलको खस्कँदो अवस्थाका बारे खेलाडीहरूमा आक्रोश बढेको देखिन्छ ।

१३ औ दक्षिण एसियाली खेलकुद पछि हालसम्म सुटिङ खेलको प्रशिक्षण नै हुने गरेको छैन । सातदोबाटोको सुटिङ रेन्जमा एक जना मात्र खेलाडीको प्रशिक्षण जारी छ ।

मोफसलमा त यसको गतिबिधी शुन्यप्राय नै छ । सुटिङको समस्या यत्तिमा छैन ।

दर्जनौँ समस्याका माझ सुटिङ सङ्घ अल्झिरहेको छ ।

नाम नबताउने सर्तमा एक खेलाडी भन्छन, ‘सङ्घ एकलौटी कब्जा गर्ने उद्देश्यले जिल्ला सुटिङ संघले विधान माग गर्दा समेत दिने गरेको छैन ।’
वार्षिक कार्यतालीका समेत नभएकाले प्रतियोगिता अस्तव्यस्त हुने गरेको छ । नवौँ राष्ट्रिय खेलकुदमा समेत हतियार अभावको बिच प्रतियोगिता सम्पन्न भएको थियो । महत्त्वपूर्ण प्रतियोगितामा समेत योग्यताको कुनै आधार छैन ।

‘सुटिङ जस्तो जिम्मेवार खेलमा समेत योग्यता नपुगेको व्यक्ति सहभागी हुने भएकाले दुर्घटनाको जोखिम समेत बढेको देखिन्छ’ । नवौँ राष्ट्रिय खेलकुदको सन्दर्भमा क्याम्पको भत्ता र छनोट समयको भत्तामा पनि आशङ्का रहेको अर्का खेलाडी बताउँछन ।

नेपाली सुटिङले ओलम्पिक खेलकुद भन्दा बाहेक सुटिङका प्रतियोगितामा विरलै सहभागिता जनाउने गरेको छ ।

सघ नेतृत्वले खेलाडीको बारे कुनै चासो नदिएको गुनासो छ । खेलाडीको बिचमा समेत भेदभाव भएको बाग्मती प्रदेशका केही खेलाडीले गुनासो गरेका छन । जिल्ला सङ्घमा समेत आफ्ना निकट व्यक्ति मात्र छानेर राख्ने गरेको आरोप धेरै खेलाडीको छ ।

बिगत ९ बर्षदेखी अध्यक्ष भएका पुष्पदास श्रेष्ठ फेरी पनी नेतृत्व हत्याउने दाउमा देखिएका छन । एउटा प्रदेशमा कम्तिमा ५ जिल्ला गठन हुनुपर्नेमा नियम बिपरीत प्रदेश कमिटी गठन भइरहेको छ ।

सङ्घका महासचिव त्रिलोचन श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुदको समयमा सङ्घमा असन्तुष्टि रहेको भन्दै राजीनामा दिएको पनी महिनौ भैसक्यो तर त्यस राजीनामाको बारे समेत कुनै टुङ्गो लागेको छैन । कत्तिसम्म भने वैदेशिक प्रतियोगितामा सहभागिताका लागि पारदर्शी शैली अपनाइएको छैन । साथै छनोटको आधार समेत तय छैन ।

सङ्घ नेतृत्वले गरेको यो मनोमानीका कारण धेरै खेलाडी आजित बनेका छन । नयाँ सुटिङ रेन्ज तयार भएको एक वर्ष भन्दा बढी समय भए पनि यसको हिसाब सार्वजनिक भएको छैन भने प्रशिक्षण पनि भएको छैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार