रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

को हुन् लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्री लीला गिरी?

लिला गिरी रुपन्देहीको कम्युनिष्ट आन्दोलनमा चिनिएको नाम हो। गुल्मीको रुरु गाउँपालिका ५ बलेटक्सारमा २०११ सालमा जन्मिएका गिरी किसान आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा उदाएका हुन्।
बावु बुद्धिनाथ गिरी र आमा केशवकुमारी गिरीको कोखबाट जन्मिएका गिरी २०२२ सालदेखि १२ वर्षको उमेरमै गुल्मीका अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीको नेतृत्वमा पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सहभागी भएका थिए।
गुल्मीमा रहँदै व्यवस्था विरोधी आन्दोलनमा सक्रिय गिरी २०३४ सालमा परिवार सहित रुपन्देहीमा बसाई सरेपछि कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए। २०४६ साल पुस १५ गते तत्कालिन नेकपा मालेको सदस्यता प्राप्त गरेका गिरी सोहि उक्त पार्टीकोे जिल्ला कमिटी सदस्य बने।
२०४६ सालमै वाममोर्चाको जिल्ला सदस्य बनेका गिरी २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य बने। राजनीतिकसँगै सामाजिक काममा पनि उत्तिकै सक्रियतापूर्वक क्रियाशील उनले २०५६ सालमा एमाले रुपन्देहीको जिल्ला कमिटी उपसचिव भए भने २०५८ देखि २०६१ सम्म कार्यवाहक सचिव भई आफ्नो जिम्मेवारीलाई सफलतापुर्वक सम्पन्न गरेका थिए।
२०६१ मा सम्पन्न पार्टीको अधिवेशनबाट जिल्ला कमिटी सचिव (जिल्ला प्रमुख) बनेका गिरी २०६६ सालदेखि २०६९ सम्म एमाले रुपन्देहीको अध्यक्ष बने। सचिव र अध्यक्षको रुपमा गिरीले ९ वर्ष जिल्ला पार्टी अध्यक्षको रुपमा सफलता पुर्वक नेतृत्व प्रदान गरेका थिए।
जिल्ला नेतृत्वबाट बाहिरीएपनि गिरीको राजनितिक जिम्मेवारी भने उकासिदै गयोे। २०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख बने। पार्टी कमिटीमा कटिबद्ध गिरी २०७१ साल असार १९ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए।
गिरीले नेकपा एमाले र माओवादी केन्द्रको एकिकरण पछि बनेको नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी पुरा गरेका थिए। २०७८ साल मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा भएको पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट भने उनि नेकपा एमालेको पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका थिए। गिरी हाल पोलिटव्यूरो सदस्यसँगौ लुम्बिनी प्रदेशका सहइन्चार्ज समेत छन्।
२०३४ सालमा गुल्मीबाट बसाई सरी आएका गिरी हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. शंकरनगर मा परिवार सहित बसोबास गर्दै आएका छन्। राजनीतिक र सामाजिक काममा हालसम्म उत्तिकै सक्रियतापूर्वक निरन्तर क्रियाशील गिरी बहुदलीय व्यवस्थापछि गठित तत्कालिन शंकरनगर गाउँ विकास समितिमा जननिर्वाचित पहिलो गाविस अध्यक्ष समेत बनेका थिए।
नेकपा एमाले भित्र अत्यन्त सरल नेताका रुपमा चिनिने गिरी पार्टी बाहिरपनि जिवनभर निष्ठाको राजनिति गर्ने ईमान्दार नेता र समाजसेवीको रुपमा चिनिन्छन्।
स्नातक सम्मको अध्ययन गरेको र किसान आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा लागेका कारण उनले कृषि, पशुपालन, वन विज्ञान र समाजशास्त्रमा विशेष दख्खल राख्छन्। रुपन्देहीको स्थापित सोह्र–छत्तीस मौजा सिंचाई प्रणालीको नेतृत्व हुँदै किसान आन्दोलनमा लागेको कारण गिरीलाई किसान नेताका रुपमा पनि चिनिन्छ।
२०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता कब्जा गरेपछि त्यसका विरुद्ध शुरु गरिएको आन्दोलनको नेतृत्व गरेको भन्दै २०६१ माघ २७ प्रहरीकोे नियन्त्रणमा परि जिल्ला कारागार रुपन्देहीमा पठाईएका गिरी २०६२ बैशाख २८ गते मात्रै रिहा भएका थिए।
२०७४ साल मंसिर २१ गते सम्पन्न पहिलो प्रदेशसभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नं २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका गिरी शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग वन, पर्यटन, वातावरण मन्त्री बनेका थिए। मन्त्रालयको जिम्मेवारी बाँडफाँट नभईसक्दा केहि समय आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए।
गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा पनि रुपन्देहीको क्षेत्र नंं २ (१) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित गिरी प्रादेशिक संरचना पछि गठन हुने लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार