जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

नेपालको जयहोस् गीतको छायाकंन लुम्बिनीमा

बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले नेपालको जयहोस् भन्ने गीतको छायाकंन रुपन्देहीमा भैरहेको छ ।

समूहले शुक्रबार बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट शुभसाइत जुराएर छायाकंन तथा सुटिङ सोही मुक्तिनाथ मन्दिरबाट शुभारम्भ गरेको थियो ।

छायाकंन शुरु भएको दोस्रो दिन आज पुस १६ गते शनिबार गौतमबुद्वको जन्मस्थल लुम्बिनीमा छायाकंन तथा सुटिङ गरिएको छ ।

उक्त गीतको बुटवलस्थित मुक्तिनाथ मन्दिरमा, तिलोत्तमाको गिर्वाण माध्यामिक विद्यालय र शंकरनगरको वनवाटिकामा पनि छायाकंन गरिएको समूहका महासचिव टोपबहादुर केसीले जानकारी गराएका छन् ।

लुम्बिनीपछि बुटवलको नयांगाउंस्थित पिसपार्क र कास्कीको पोखरामासमेत छायाकंन गरी नेपालको जयहोस् भन्ने गिीतलाई अन्तिम रुप दिइने समूहका अध्यक्ष विश्वराज गैह्ेले बताए ।

नृत्य निर्देशक कमल राईको निर्देशनमा गीतको छायांकन गरिएको छ ।

म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ ।

राष्ट्र भक्तीको भावजालाई उजागर गरेको उक्त नेपालको जयहोस् भन्ने गीत ६ मिनेट २० सेकेन्डको रहेको छ ।

नेपालको जयहोस् भन्ने गीतको शब्द, संगीत र रचना स्वतन्त्र नागरिक समूह नेपालको रहेको स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेले जानकारी गराएका छन् ।

स्वतन्त्र नागरिक समूह नेपालले जनताबाट हराउँदै गएको देशप्रेम जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाउन लागेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित