लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

नेपालको जयहोस् गीतको छायाकंन लुम्बिनीमा

बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले नेपालको जयहोस् भन्ने गीतको छायाकंन रुपन्देहीमा भैरहेको छ ।

समूहले शुक्रबार बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट शुभसाइत जुराएर छायाकंन तथा सुटिङ सोही मुक्तिनाथ मन्दिरबाट शुभारम्भ गरेको थियो ।

छायाकंन शुरु भएको दोस्रो दिन आज पुस १६ गते शनिबार गौतमबुद्वको जन्मस्थल लुम्बिनीमा छायाकंन तथा सुटिङ गरिएको छ ।

उक्त गीतको बुटवलस्थित मुक्तिनाथ मन्दिरमा, तिलोत्तमाको गिर्वाण माध्यामिक विद्यालय र शंकरनगरको वनवाटिकामा पनि छायाकंन गरिएको समूहका महासचिव टोपबहादुर केसीले जानकारी गराएका छन् ।

लुम्बिनीपछि बुटवलको नयांगाउंस्थित पिसपार्क र कास्कीको पोखरामासमेत छायाकंन गरी नेपालको जयहोस् भन्ने गिीतलाई अन्तिम रुप दिइने समूहका अध्यक्ष विश्वराज गैह्ेले बताए ।

नृत्य निर्देशक कमल राईको निर्देशनमा गीतको छायांकन गरिएको छ ।

म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ ।

राष्ट्र भक्तीको भावजालाई उजागर गरेको उक्त नेपालको जयहोस् भन्ने गीत ६ मिनेट २० सेकेन्डको रहेको छ ।

नेपालको जयहोस् भन्ने गीतको शब्द, संगीत र रचना स्वतन्त्र नागरिक समूह नेपालको रहेको स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेले जानकारी गराएका छन् ।

स्वतन्त्र नागरिक समूह नेपालले जनताबाट हराउँदै गएको देशप्रेम जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाउन लागेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित