रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सरकारलाई स्थिरता दिन र संसद पाँच वर्ष टिकाउन नयाँ समिकरणः महासचिव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले विगतको नेतृत्वबाट मुलुकको स्वाधिनता रक्षा नहुने, संसदको कार्यकाल पाँच वर्ष नटिक्ने र सरकारले पनि स्थिरता नपाउने देखिएपछि नयाँ सत्ता समिकरण बनेको बताएका छन् । नेपाली काँग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै गुरुङले त्यही पुरानो नेतृत्वबाट राष्ट्रिय अस्मिताको रक्षा हुन नसक्ने आफूहरुको निचोडपछि वर्तमान सकिरण बनेको जिकिर गरे ।

शुक्रबार बिहान प्रेस सेन्टर नेपाल, रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका नेता गुरुङले भने, ‘गएको निर्वाचनबाट मुलकुको परिस्थिति केही संकटपूर्ण अवस्थाबाट गुज्रिएको देखिन्छ । निर्वाचनमा जुन खालका परिणामका प्रवृतिहरु देखिए, यो प्रवृतिले संसदले पाँच वर्षसम्म आफ्नो कार्यकाल पूरा नगर्ने हो की ? सरकारले स्थिरता र स्थायित्व कायम गर्न नसक्ने हो की ? भन्ने भय पैदा भए पछि स्थिरता र स्वाधिनताका लागि माओवादीको नेतृत्वमा नयाँ सरकार बनेको हो ।’

उनले अब सरकारलाई स्थिरता प्रदान गर्दै जनअपेक्षाअनुकार काम गर्दै लैजाने बताए । साथै महासचिव गुरुङले संसदको कार्यकाल पनि पाँच वर्ष पूरा हुने जनाए । ‘अस्थिरता र अराजकता पैदा भयो भने मुलुकको राष्ट्रिय अस्मिता र स्वाधिनता झन गम्भीर संकटमा पर्छ । तल्कालको टड्कारोे राजनीतिक परिघटनालाई सही मार्गमा ल्याउनु नै हो’, उनले भने । उनले सरकारको नेतृत्व (प्रधानमन्त्री) परिवर्तका लागि तत्कालीन पाँच दलभित्र अधिकतम प्रयास गर्दा पनि सहमति जुट्न नसके पछि नयाँ परिस्थिति सिर्जना भएको जनाए ।

उनले अहिले सरकार बनाएका दलहरुबीच गठबन्धन नभई कार्यगत एकता मात्रै भएको जनाए । गुरुङले अब सहमति र सहकार्य गर्दै सकभर राष्ट्रिय सहमतिको सरकार बनाउने आफूहरुको चाहना रहेको जनाउँदै सबैजसो दललाई सरकारमा ल्याउने प्रयास गरिने जनाए । ‘राष्ट्रिय सहमति भयो भने संसद पाँच वर्ष टिक्छ, स्थिर सरकार बन्छ’, उनले भने, ‘यसले अस्थिरता र अराजकतालाई परास्त गर्छ, बीचमै मध्यवति हुने हो की भन्ने संसय पनि हट्छ ।’

महासचिव गुरुङले आफूहरुको प्रयास सबै बाम एकैठाम भन्ने नै रहेको जनाए । ‘हाम्रो चाहना सबै कम्युनिस्ट पार्टीहरु मिल्नुपर्छ भन्ने नै हो । चाहे त्यो संसदमा भएका हुन् वा बाहिर भएका सबै एकै ठाउँमा भएर बृहत कम्युनिस्ट पार्टी बनाउनुपर्छ’, उनले भने । गुरुङ अहिले कम्युनिष्ट एकताको प्रयास भइरहेको समेत बताए । नागरिकता र राहादानी विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउनै पर्ने बाध्यता कसरी आइलाग्यो ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले सबै दलको सहमतिले गृहमन्त्री बनाइएको दावी गरे ।

‘स्वतन्त्र पार्टीले गृहमन्त्री दावी गर्यो, सबैले दिऔं भन्नुभयो, त्यसपछि दिइएको हो’, उनले भने, ‘जहाँसम्म गृहमन्त्री लामिछानेको नागरिकता र राहादानीको विवाद छ, त्यो विषय सम्मानित सर्वोच्च अदालतमा पुगेको छ, अदालतमा विचाराधीन कुरामा बोलिराख्नु पर्दैन । अदालतले जे निर्णय गर्छ, त्यो कार्यान्वयन हुन्छ ।’ अदालतमा विचारधीन विषयलाई गृहमन्त्री पदले फरक नपार्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार