निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

देशभक्त गित ‘नेपालको जय होस’ सुटिङ हुँदै

४० वर्षदेखि फिल्म क्षेत्रमा नृत्य निर्देशकको भूमिकामा योगदान दिएका कमल राई पहिलो पटक म्यूजिक भिडियो सुटिङ गर्ने भएका छन । नेपालसहित अन्य विभिन्न देशका पाँच सय बढी फिल्ममा काम गरेको अनुभव बटुलेका राई म्यूजिक भिडियोमा पहिलोपटक निर्देशन गर्न लागेका हुन् ।

बुटवलमा बुधबार पत्रकार सम्मेलनमा पहिलोपटक म्युजिक भिडियोमा निर्देशन गर्न लागेको खुलासा गरे । ‘यो मेरो पहिलो म्यूजिक भिडियो हो ।’– उनले भने । स्वतन्त्र नागरिक समूह नेपालको अगुवाईमा बन्न लागेको देशभक्त गित ‘नेपालको जय होस’ सुटिङका लागि उनी एक हप्तादेखि बुटवलमा छन् । बुटवलबाट धेरै प्रतिभाशाली कलाकारको जन्म भएको दाबी गर्दै उनले यसमा स्थानीय कलाकारलाई जोड दिएको बताए ।

रुपन्देहीका चारवटा विद्यालयका दुई दर्जन बढी विद्यार्थीहरुलाई कोरस डान्सको लागि एक हप्तादेखि तयारी गरिरहेको उनले बताए । सुटिङमा भने प्रविधि र प्राविधिकको टिम काठमाडौबाट झिकाईएको उनले बताए । एउटा फिल्म र म्यूजिक भिडियोको फरकका बारेमा अनुभव सुनाउँदै उनले फिल्म लामो समय र ठूलो कलाकारको टिम सहभागी हुने तथा म्यूजिक भिडियो छोटो र सन्देश दिने खालको धेरै मेहनत लाग्ने बताए ।

फिल्म सुटिङ गर्ने क्यामराबाट नै पहिलोपटक म्यूजिक भिडियो सुटिङ गर्न लागेको उनले बताए । धेरै पारिवारिक र सन्देशमूलक फिल्म बनाएका निर्देशक शिव ढकालले म्यूजिक भिडियो निर्देशन गर्दै छन । ‘नयाँ पुस्तामा अनुशासन र माटोप्रतिको माया देखिदैन ।’–उनले भने । बालबालिकाहरुलाई सन्देश दिने रुपमा म्यूजिक भिडियो निर्माण गर्न लागेको उनले बताए । नेपाल प्राकृतिक रुपमा नै एउटा फिल्मका लागि उपयुक्त स्थल भएको दाबी गर्दै उनले यो थलोलाई संरक्षणका साथै प्रचारप्रसार गर्न जरुरी रहेको बताए ।

६ मिनेट २० सेकेन्ड लामो गितको सुटिङ नयाँगाउस्थित मुक्तिनाथ धाममा पुस १५ गते शुभमुहर्त गरिने स्वतन्त्र नागरिक समूह नेपालको अध्यक्ष विश्वराज गैरेले बताए । चार दिनसम्म चल्ने सुटिङ लुम्बिनी, मणिग्राम लगायत पर्यटकिय क्षेत्रहरुमा हुने उनले बताए ।
नया पुस्तालाई अनुशासन र देश माया दर्शाउने म्यूजिक भिडियो बनाउन लागेको समूहका अध्यक्ष विश्वराज गैरेले बताए । सबैको मन छुन खालको गित बनेको उनले बताए ।
निर्देशक ढकाल ब्यवसायभन्दा माथि उठेर सोच्ने बेला आएको बताउँछन् । धेरै ब्यावसायिक फिल्म बनाएका उनी पनि देशभक्त गितको छायाँकन काठमाडौ बाहिर गर्न पाउँदा खुशी लागेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित