भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

एमाले बाट निर्वाचित प्रतिनिधी तथा प्रदेश सभा सदस्यलाई मञ्चको बधाई तथा सम्मान

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) गुल्मी–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा शुभकामना बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवलमा आयोजना गरिएको कार्यक्रममा ४ मंसिरमा गुल्मी क्षेत्र नं. १ र क्षेत्र नं. २ बाट उम्मेदवार बनेका नेकपा एमालेका नेताहरुको उपस्थिती रहेको थियो । गुल्मी जिल्लाका विभिन्न स्थानबाट रुपन्देहीलाई कर्मथलो बनाएर बसेपनि निर्वाचनको समयमा मतदान गर्न गाउँगाउँमा पुगेका मतदाताहरुलाई सो अवसरमा धन्यवाद ज्ञापन गरिएको थियो । त्यसैगरी गुल्मीबाट प्रतिनिधी सभा सदस्य र प्रदेश सभा निर्वाचनमा विजयी सांसदहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो । सो अवसरमा बोल्दै एमालेको तर्फबाट गुल्मी क्षेत्र नं. १ बाट उम्मेदवार बनेका प्रदीप ज्ञवालीले जनताले आफुलाई विश्वास गरेर दिएको मतलाई उचित कदर गर्ने बताउँदै जनताबाट यस पटक अनुमोदित नभएपनि गुल्मीको विकासमा सधै लाग्ने प्रतिबद्धता सो अवसरमा जनाए ।

यसैगरी गुल्मी क्षेत्र नं. २ बाट विजयी भएका गोकर्ण विष्टले जनताको विश्वासलाई आघात नपुराउने गरी सेवक बनेर फेरी ५ बर्ष काम गर्ने प्रतिबद्धता जनाए । काम गर्ने क्रममा केही कमजोरी हुन सक्ने भन्दै त्यस्ता कमजोरी नदोहोराउन आफुलाई सचेत मतदाताले गराउनुपर्ने भन्दै अबको ५ बर्ष पछि गुल्मीले भौतिक विकास संगै मानविय विकासमा छलाङ मार्ने बताए । अहिले पनि कतिपय ठाउँमा जनताहरु आधारभुत आवश्यकता पुरा गर्न धौधौ भइरहेको स्मरण गर्दै अब नयाँ नयाँ रोजगारीको सिर्जना गाउँमा गरी युवालाई विदेश पलायन हुन बाट रोक्ने एमालेले नयाँ योजना अगाडि सार्ने बताए ।
साथै उनले सडक विस्तार, सडक स्तोरउन्नती, खानेपानी, विद्युत्त विस्तारका साथै पर्यटन, कृषिको विकास गर्दै जनतालाई स्वाबलम्ब बनाउन लागि पर्ने बताए ।

उक्त कार्यक्रममा गुल्मी क्षेत्र नं. २ बाट निर्वाचित सांसद गोकर्ण विष्ट, गुल्मी क्षेत्र नं. १(१) बाट निर्वाचित चिन्तामणी पाण्डे, गुल्मी क्षेत्र नं. २(१) बाट निर्वाचित डिल्लीराज भुसाल, २(२) बाट निर्वाचित दिनेश पन्थीलाई मञ्चले सम्मान गरेको थियो । कार्यक्रम मञ्चका अध्यक्ष हेम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित