लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गायक निशान भट्टराईको दाम्पत्य जीवनमा दरार आएको हो ?

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले दुई वर्षअघि विवाह गरे । २०७७ सालमा यी दुईबीच कानुनी विवाह भयो ।

दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले कानुनी विवाहमा परिणत गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता निशान चर्चित बने । लगत्तै उनले प्रेमिका ऋचालाई विवाह गरे ।

अब भने यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान छ । दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका छन् भने एकअर्कासँगको तस्वीर पनि डिलिट गरेका छन् ।

ऋचाले इन्स्टाग्राममा निशानलाई अनफलो गरेकी छन् । उनको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब छन् । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बिहेका तस्वीर हटाएका छन् ।
अनफलो र तस्वीर हटाउने कार्यले यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ । उनीहरु निकट स्रोतहरुले पनि उनीहरु केही समयदेखि अलग रहँदै आएको बताएका छन् ।

नेपाल आइडलबाट चर्चामा आएका निशान पछिल्लो समयका चर्चित गायक हुन् भने ऋचाले चाहिं निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय गरेकी छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित