दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

तिलोत्तमा मेलामा जेरीको रोचक प्रस्तुति

तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा नाइट कन्सर्ट अन्तर्गत सोमबार गायिका बबिता बानिया (जेरी) ले दर्शकहरुबीच रोचक प्रस्तुति दिइन् ।

जेरीले केही भावुक र केही हाँस्य विधाका गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन प्रदान गरिन् । भर्खरै पतिसंग सम्बन्ध बिच्छेद गरेकी जेरीले भावुक गीत गाउँदा दर्शकहरुले उत्सुकताका साथ हेरे र मौन सहानुभूति प्रकट गरे । उनका हाँस्य विधाका गीतमा हौसला प्रकट गरेर तालीले साथ दिए ।

मेलामा लोकप्रिय गायक गायिकाहरु भागिरथ चलाउने, हाँस्य कलाकार पुर्खे बा, रितु कंडेल, विकास भट्टराई, उद्घोषक दुर्गा गुरुङ लगायतले रोचक प्रस्तुति दिए । मेलामा तिलोत्तमा डान्स आईडल, मम्मी डान्स लगायतका प्रतियोगिता पनि चलिएरहेका सांस्कृतिक उपसमिति संयोजक युवराज पराजुलीले बताए ।

यसैबीच मेलामा मंगलबार लोकप्रिय गायक गायिकाहरु बद्री पंगेनी, शान्तारानी परियार, विक्रमबाबु विक, भुवन अधिकारी, दिपेन्द्र ओली, उद्घोषक गोपाल अधिकारी, विकास भट्टराई लगायतको प्रस्तुति रहनेछ । नाईट कन्सर्टमा डिजे बिक्की ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गतसातादेखि सुरु भएको मेलामा शनिबार दर्शक उपभोक्ताको चाप बढेपछि दर्शक उपभोक्ताकै माग अनुसार मेलाको अवधि दुई दिन थप गरिएको मूल आयोजक समिति संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले बताए ।

मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ स्टलहरु सहभागी रहेका छन् । मेला २८ मंसिरमा सकिने छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित