बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

यी हुन् लुम्बिनी प्रदेश सभामा सिफारिस भएका १० दलका ३५ समानुपातिक सांसदहरू

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ३५ समानुपातिक सांसदहरूलाई १० दलले सिफारिस गरेका छन्। कुल ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा ५२ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ३५ जनाको नाम दलहरूले क्लस्टरअनुसार निर्वाचन आयोगलाई सिफारिस गर्ने व्यवस्था छ।

लुम्बिनी प्रदेशमा समानुपातिक सिट बाँडफाँटका आधारमा एमाले सबैभन्दा ठूलो दल बनेको छ। एमालेले ११ सिट पाएको छ।

यस्तै नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले चार, राप्रपा, जनमत र नागरिक उन्मुक्तिले २/२ तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादीले १/१ सिट पाएका छन्।

एमालेले खस आर्यबाट गिरिधारीलाल न्यौपाने, जानकी न्यौपाने र वसन्ती न्यौपानेलाई सिफारिस गरेको छ। जनजातिबाट सरिता पुन र यमुना रोका, थारुबाट सीता शर्मा चौधरी, भगवातीकुमारी थरुनी सिफारिस गरेको छ।

दलितबाट इन्द्रकुमारी गहतराज र रेखाकुमारी शर्मा हुँदा मधेशीबाट शान्ति लोध र मुस्लिमबाट सायरा बानोलाई सिफारिस गरेको छ।

नेपाली कांग्रेसले खस आर्यबाट तीन जना सिफारिस गरेको छ। सिफारिस हुनेमा जमुना ढकाल, नीमा गिरी र मालती सोडारी रहेका छन्।

जनजातिबाट धनलक्ष्मी श्रेष्ठ, माया पुन तथा थारुबाट देवीप्रसाद चौधरी, मञ्जुकुमारी चौधरी रहेका छन्। यसैगरी दलितबाट लोकीकुमारी विक, मधेशीबाट सुगौली बादी र मुस्लिमबाट मीनाकुमारी सिद्दिकी रहेका छन्।

माओवादीले खसआर्यमा भक्तिप्रसाद आचार्यलाई सिफारिस गरेको छ। जनजातिबाट रुकुम पूर्वकी दिलकुमारी बुढा सिफारिस हुँदा दलितबाट गुल्मीका यमबहादुर नेपाली सार्की र थारुबाट बर्दियाकी कृष्णा कुस्मा थारु सिफारिस भएका छन्।

जसपाबाट बर्दियाकी अम्बिका काफ्ले, एकीकृत समाजवादीबाट भगवती अधिकारी सिफारिस भएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट जनजातितर्फ निर्मलादेवी थारु र थारुबाट नोरीकुमारी चौधरी सिफारिस भएको छन्।

सिके राउत नेतृत्त्वको जनमत पार्टीबाट सुमन शर्मा रायमाझी र गीता गुरुङ सिफारिस भएका छन्।

जनमोर्चाबाट गुल्मीकी तारा थापा सिफारिस हुँदा लोसपाबाट हेमा बेल्बासे केसी सिफारिस भएका छिन्।

यसैगरी राप्रपाबाट खस आर्यतर्फ गुल्मीकी मेनुका खाँण र जनजातिबाट बाँकेकी मीनाकुमारी श्रेष्ठ सिफारिस भएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित